सहकारीबाट गोर्खा मिडियाले अर्बौ रकम लिँदा सञ्चालक र प्रबन्ध निर्देशक लामिछाने नै थिएः कांग्रेस
नेपालबहस संवाददाता
चैत २७, २०८० मंगलबार १४:६:३८
२७ चैत, काठमाडौं । नेपाली कांग्रेसले सहकारीको गैरकानुनी रुपमा अरबौं रकम लिँदा गोर्खा मिडिया प्रालिको सञ्चालक र प्रबन्ध निर्देशकमा अहिलेका गृहमन्त्री रवि लामिछाने रहेकाले उनीमाथि छानबिन आवश्यक रहेको बताएको छ । रकम लिएर ठगीबाट बच्च लामिछानेले त्यहाँबाट जिम्मेवारी छोडेको कांग्रेसले जनाएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले आफ्नो पार्टीले सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणका लागि संसदीय छानबिन समिति बनाउन माग गरे पनि सरकारले कांग्रेसलाई गलाउनका लागि समिति गठन नगरेको बताइन् । उनले सरकारले नेपाली कांग्रेसलाई गलाउनका लागि संसदीय छानबिन समिति नबनाएको बताइन् ।
उनले कांग्रेसलाई थकित गराउनका लागि सरकारले आफूहरूको कुरा नसुनेको भन्दै बाध्य भएर आफूहरूले संसदमा उभिनु परेको बताइन् । उनले संसदको कुनै पनि काम, कारबाही अगाडि नबढाउन पनि आग्रह गरिन् । ‘सूर्य दर्शन सहकारी लगायत ६ वटा सहकारीबाट करिब १ अर्ब रुपैयाँ गोर्खा मिडिया कम्पनीमा लगाइएको छ । यो एक अर्ब कम्पनीले लान पाउँछ कि पाउँदैन ? यो गैरकानुनी काम गर्नेले दण्ड पाउँछ कि पाउँदैन ? यो प्रश्न गर्न चाहन्छु । पाउँछ भने गोर्खा मिडिया कम्पनीको सञ्चालक खोज्न पर्दैन ?, उनले भनिन् ।
गोर्खा मिडिया कम्पनीले अर्बौँ रुपैयाँ गैरकानुनी लिँदाको सञ्चालक र प्रबन्ध निर्देशक रवि लामिछानेलाई सजाय हुन्छ कि हुँदैन ? दण्ड हुन्छ कि हुँदैन भन्दै उनले रवि लामिछानेको ठाउँमा अरु जो कोही भएको भएपनि अनुसन्धान हुन्थ्यो तर, रवि लामिछाने भएकोले अनुसन्धान नै रोकिने ? यो कस्तो सरकार हो ? सरकार जवाफदेही हुनुपर्छ कि नपर्ने बताइन् ।
सचेतक थिङले सूर्यदर्शन सहकारी लगायत ६ वटा सहकारीबाट करिब १ अर्ब रुपैयाँ गैरकानुनी रुपमा गोर्खा मिडिया कम्पनीमा लगाइएको भन्दै त्यस्तो काम गर्नेले दण्ड पाउँछ पाउँदैन भनेर प्रश्न गरिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार