सहकारी ठगीबारे सीआईबीले सुरु गरेको अनुसन्धान लामिछाने गृहमन्त्री भएपछि किन रोकियोः कांग्रेस
नेपालबहस संवाददाता
चैत २८, २०८० बुधबार १२:४९:१८
२८ चैत, काठमाडौं । नेपाली कांग्रेसले सुर्यदर्शन सहकारीमा भएको ठगीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआईबी) ले सुरु गरेको अनुसन्धान रवि लामिछाने गृहमन्त्री भएपछि किन रोकिएको हो भन्दै सरकारसँग प्रश्न गरेको छ । कांग्रेसले सीआईबीका दुई जना प्रहरी प्रदीप क्षेत्री र रवि घिमिरेलाई पोखरामा छानबिन गर्न पठाइएको थियो तर, रवि लामिछाने गृहमन्त्री भएपछि उनी माथिको अनुसन्धान रोकिएको बताएको छ ।
उपप्रधान तथा गृहमन्त्री भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने माथिको प्रहरी अनुसन्धान रोकिएको आशंका गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारमाथि प्रश्न गरेको हो । बुधबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर पार्टीको तर्फबाट बोल्दै सांसद रामहरि खतिवडाले यो छानबिन किन रोकिएको हो भनेर प्रश्न गरे ।
उनले भने, ‘काठमाडौंबाट सीआईबीले दुई जना प्रहरी प्रदीप क्षेत्री र रवि घिमिरेलाई पोखरामा छानबिन गर्न पठायो । छानबिनले लामिछाने सहकारी ठगीमा संलग्न भएको रिपोर्ट तयार गर्दै थियो, सत्ता समीकरण परिवर्तन भएपछि यो रिपोर्ट पनि परिवर्तन भयो भन्ने हामीलाई आशंका भयो ।’ जसमाथि छानबिन हुँदै थियो उही गृहमन्त्री भएपछि सहकारी पीडितहरू झन् समस्यामा परेको उनको भनाइ छ । आफूहरूले निष्पक्ष छानबिन आयोग बनाउन वा संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको तर सरकारले नसुनेको उनले बताए ।
खतिवडाले संसद चल्न नदिने सरकारको नियतप्रति आशंका रहेको बताए । हामी संसद अवरोध गर्न चाहँदैनौँ । संसदभित्र पसेर संसदमाथि प्रहार गर्ने ठगी गर्ने र संसद चल्न नदिने सरकारको नियतप्रति हाम्रो आशंका छ । त्यसैले निष्पक्ष छानबिन गर्न संसदीय समिति माग गर्छाैं, उनले भने । गएको पुसपछि सहकारी ठगीको कुरा सतहमा आउन थालेको बताए ।
पोखराका सुर्यदर्शन सहकारी पीडित झन पीडित भएको उनको भनाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको प्रमुखको रुपमा बोलेर दोषी उम्काउने प्रयास गरेको आरोप लगाए । प्रधानमन्त्रीले गठबन्धनको प्रमुखको रुपमा जवाफ दिन थाल्नुभयो । जो दोषी थियो त्यसलाई उम्काउने देखेपछि आयोग गठन होस्, उनले भने, कोहीसँग ईर्ष्या र द्धसले काम गर्न चाहँदैनौँ । गल्ती छैन भने छानबिन तयार होस् भन्न किन सक्दैनन् भनि प्रश्न गरे ।
फैसला सुनाउने अधिकार सरकारलाई नभएको उनले बताए । गृहमन्त्रीलाई आफ्नै मन्त्रीले पैसा डुब्यो भन्दा पनि छानबिन गर्न नसकेको बताए । मन्त्रीले नै मेरो पैसा उठाइदिए दुई तीन लाख रुपैयाँ दिन्छु भन्नुभएछ । यो कस्तो पार्टी र सरकार रहेछ ? उनले सोधे, पैसा उठाउँदा पनि पैसा दिने कुरा मन्त्रीले गरेको त्यो पनि हामी जवाफ चाहन्छौं ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफेरी सुरु भयो सत्ता गठबन्धनमा अविश्वास बढाउने खेल
जेठ १८, २०८१ शुक्रबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार
मधेसमा नयाँ सत्ता समीकरण : जनमतको नेतृत्वमा सरकार बनाउने सहमति
जेठ १७, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
फेरी सुरु भयो सत्ता गठबन्धनमा अविश्वास बढाउने खेल
जेठ १८, २०८१ शुक्रबार
दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, एक घाइते
जेठ १८, २०८१ शुक्रबार
म्याग्दी युवा कपको उपाधि बौदीकाली र धादिङ स्पोर्टस् क्लबलाई
जेठ १८, २०८१ शुक्रबार
ओलम्पियाकोसले जित्यो युरोपा कन्फेरेन्स लिगको उपाधि
जेठ १८, २०८१ शुक्रबार
नेपाल र अमेरिकाबीचको अभ्यास खेल वर्षाले रद्द, अब नेपालले सिधै विश्वकप खेल्ने
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार