मानुङकोटमा अब खानेपानी समस्या समाधान हुने
नेपालबहस संवाददाता
चैत २८, २०८० बुधबार १५:२:२२
२८ चैत, तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा खानेपानी समस्या समाधान हुने भएको छ । सोही वडामा पर्ने पासर्दीस्थित खानेपानी मुहानबाट तीन चरणमा लिफ्टिङ गरी पानी लैजाने तयारी गरिएको हो ।
मुहानबाट करिब पाँच सय मिटर उचाइमा लिफ्टिङ गरी मानुङकोटमा पानी पुर्याउन लागिएको इन्जिनियर वीरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार मुहानमा निर्माण गरिएको इन्टेकबाट एक लाख लिटर क्षमताका दुई र ३० हजार लिटर क्षमताका दुई रिर्जभ ट्याङ्की निर्माण गरिनेछन् ।
इन्जिनियर वीरेन्द्र थापाका अनुसार इन्टेक नजिक एक लाख लिटर, बीचमा तीस÷तीस हजार लिटरका दरले दुई र मानुङकोटमा एक लाख लिटर क्षमताको रिजर्भ टयाङ्की निर्माण गरिनेछ । “ट्याङ्की निर्माणपश्चात् सङ्कलित पानी लिफ्टिङमार्फत लगिनेछ”, उनले भने, “करिब दुई किलोमिटर दूरीमा जिआई पाइपलाइन विछ्याइनेछ ।”
तीस हजार लिटर क्षमताको एउटा रिजर्भ ट्याङकी निर्माण सम्पन्न भइसकेको थापाले जानकारी दिए । एक लाख लिटरको ट्याङकीका लागि बेस निर्माण भइरहेको छ । उहाँका अनुसार हालसम्म योजनाको ४० प्रतिशत भौतिक प्रगति पुगेको छ ।
पछिल्लो समय चर्चामा आएको पर्यटकीयस्थल मानुङकोट आन्तरिक पर्यटकहरुको गन्तव्यस्थल बन्दै गएको छ । पानीको चरम अभाव रहेकामा शुद्ध पानीको पहुँच पुगेपछि यस क्षेत्रको मुहारमा आमूल परिवर्तन आउने विश्वास गरिएको व्यास–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए । निर्माणधीन योजनाको कार्य समयमै सम्पन्न गराउन समयसमयमा अनुगमनलाई तीव्रता दिँदै आइएको नगरपालिकाले जनाएको छ ।
सङ्घीय सरकारबाट पहिलो चरणअन्तर्गत चालु आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन गरेपछि योजनाको काम अघि बढेको हो । समपूरक योजनाअन्तर्गत उक्त योजनालाई प्राथमिकतामा राखेर मानुङकोटमा खानेपानी पुर्याउन लागिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनका अनुसार दोस्रो चरणका लागि पुनः सङ्घीय सरकारमा बजेट माग गरी पठाइसकिएको छ ।
पानीको चर्को समस्याका कारण सुविधा खोज्दै बसाइँसराइमा गएका स्थानीयलाई यही फर्काउने योजना नगरपालिकाको रहेको नगरप्रमुख न्यौपानेले बताए । विसं २०८१ असार मसान्तभित्र सम्पन्न गर्ने गरी लाहुरे काइला बिल्डर्सले योजना निर्माणको जिम्मा पाएको छ । पानीको मूल दर्ता रहे पनि केही स्थानीय व्यक्तिको विवादका कारण निर्माण प्रभावित भएको निर्माण कम्पनीका प्रोपाइटर विज्ञान श्रेष्ठले बताए । उनका अनुसार निर्माणस्थलमा दैनिक १२ जना कामदारले काम गरिरहेका छन् ।
मानुङकोटको महत्व
मानुङकोट डाँडाबाटै कुहिरोको उत्पत्ति भएको किंवदन्ती रहेको पाइन्छ । महर्षि वेद व्यासकी माता मात्स्यगन्धासँग महर्षि परासर प्रेममा थिए । मत्स्यगन्धासँगको प्रेमलीला अरूले नदेखून् भनेर महर्षि परासरले कुहिरोको उत्पत्ति गराएको किंबदन्ती रहेको स्थानीय बताउँछन् ।मानुङकोटबाट पूर्वतर्फ दमौली बजारका साथै पश्चिमतर्फ गुणादी, उत्तरतर्फ मादी नदी, साँगेखोला र दक्षिणतर्फ सेती नदी छर्लङ्ग देखिन्छ । यसका साथै रमणीय हरियाली वनजङ्गल देखिन्छन् । विगतमा घण्टौँ लगाएर पानी ल्याउनुपर्ने बाध्यता भएपछि यहाँका स्थानीय बसाइँ सरी अन्यत्र गएपछि यो बस्ती रित्तिँदै जान थालेको थियो ।
पानी सहज हुने स्थानतर्फ झरेका स्थानीयहरु पछिल्ला समय पर्यटक आगमन बढ्न थालेपछि पुनः फर्किन थालेका छन् । करिब पाँच वर्षयता मानुङकोट पर्यटकीयस्थलका रूपमा विकसित हुँदै गएको छ । यहाँ केही सुविधासम्पन्न होटलहरु बन्ने क्रम बढेको छ । पानीको अभावका कारण बजारबाट किनेर व्यवसाय सञ्चालन गरिरहेको होटल व्यवसायी चुडामणि दाहालले बताए । उनका अनुसार यहाँबाट देखिने कुहिरो, हिमशृङ्खला र सूर्योदय पर्यटकको आकर्षणका दृश्य हुन् ।
“हिउँद सुरु भएसँगै कुहिरोले सदरमुकाम दमौली बजारलाई छोप्छ । घाम उदाउन लागेसँगै कुहिरो विस्तारै फाट्ने गर्दछ र दमौली बजार छर्लङ्ग देखिन्छ”, दाहालले भने । उनका अनुसार उक्त स्थानबाट हिमशृङ्खला र डाँडाबाट देखिने चारैतिरको सुन्दरता हेर्नका लागि पर्यटक लालायित हुने गर्दछन् । यहाँबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपब्रेक थ्रु भयो सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरूङ
बैशाख २६, २०८१ बुधबार
खडेरीले मुहान सुकेपछि खानेपानीको वैकल्पिक तयारी
बैशाख २५, २०८१ मंगलबार
तार तान्ने काममा अवरोध भएपछि रोकियो मध्यभोटेकोशीको काम
बैशाख २५, २०८१ मंगलबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
नेपालबहस संवाददाता
बैशाख २५, २०८१ मंगलबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
ब्राजिलमा बाढीको कहर, दुई लाख मानिस घर छाड्न बाध्य
बैशाख २७, २०८१ बिहिबार
सलमान खानको फिल्म सिकन्दरमा रश्मिकाको एन्ट्री
बैशाख २७, २०८१ बिहिबार
न्यायाधीश शर्माको इजलासमा पर्यो गण्डकी सरकारविरुद्धको रिट
बैशाख २७, २०८१ बिहिबार
आगलागीबाट घरसम्पती गुमाएपछि परिवारको बिजोग
बैशाख २७, २०८१ बिहिबार
आगलागीमा बाकसमा राखेको १६ हजार जलेर नष्ट
बैशाख २७, २०८१ बिहिबार
न्यायोचित ढङ्गबाट कार्यसम्पादन गर्ने लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार : राष्ट्रपति पौडेल
बैशाख २७, २०८१ बिहिबार