मुख्यमन्त्रीको सिफारिसलाई लत्याउँदै कोशीका प्रदेश प्रमुख खापुङले वैशाख ६ मा बोलाए विशेष अधिवेशन
नेपालबहस संवाददाता
चैत २८, २०८० बुधबार १६:५८:२३
२८ चैत, विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख ६ गतेका लागि प्रदेशको अधिवेशन आह्वान गरेका छन् । उनले कोशी प्रदेश सरकारको सिफारिसलाई चुनौती दिएर वैशाख ६ गते अधिवेशन बोलाएका हुन् । विशेष अधिवेशनका लागि एक चौथाइभन्दा बढी प्रदेश सदस्यको माग हुनु पर्दछ । प्रदेश प्रमुख खापुङले एमाले र माओवादीको मागलाई ध्यान दिएर अधिवेशन बोलाएका हुन् ।
कोशीका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद्को निर्णय अनुसार ११ जेठ २०८१ मा संसदको नियमित अधिवेशन आव्हानका लागि निवेदन दिएका थिए । तर, प्रदेश प्रमुख खापुङले ६ वैशाख २०८१ दिउँसो १ बजे प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । सरकार गठनकै विषयमा संवैधानिक जटिलता देखिरहेका बेला प्रदेश प्रमुखको यो कदमले थप विवाद निम्त्याउने देखिएको छ ।
२६ चैतमा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले मुख्यमन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने भएकाले अधिवेशन मागसहित निवेदन दिएका थिए । सोही आधारमा उनले विशेष अधिवेशन बोलाएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनाम राखेर संसदीय छानबिन समिति बनाउने टीओआरमा सहमति नजिक पुग्यो कार्यदल
जेठ ८, २०८१ मंगलबार
सहकारी ठगीसम्बन्धी छानबिन गर्ने संसदीय समितिको कार्यदेशमा सहमति जुटाउँदै कार्यदल
जेठ ८, २०८१ मंगलबार
संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक सुरु
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
जनहित पूरै बेवास्तामाः संसद कहिलेसम्म दलका नेताहरुको स्वार्थमा चलिरहने ?
जेठ ८, २०८१ मंगलबार
व्यास नगरपालिका ‘पूर्णखोप सुनिश्चित’ घोषित
जेठ ८, २०८१ मंगलबार
गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा ६ जना पक्राउ, एक फरार
जेठ ८, २०८१ मंगलबार
जसपा नेपालको रिट ढुंगाना र मुसलमानको इजलासमा
जेठ ८, २०८१ मंगलबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ ८, २०८१ मंगलबार
नाम राखेर संसदीय छानबिन समिति बनाउने टीओआरमा सहमति नजिक पुग्यो कार्यदल
जेठ ८, २०८१ मंगलबार