निर्वाचन प्रणाली खराब भयो, कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरौँः शेखर कोइराला
नेपालबहस संवाददाता
चैत २८, २०८० बुधबार २०:५:१४
२८ चैत, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अहिलेको समस्याको जड निर्वाचन प्रणाली भएको बताएका छन् । लुम्बिनीमा आयोजित नेपाल शिक्षक संघको कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै कोइरालाले संविधान संशोधन गरेर निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्ने बताएका हुन् ।
कोइरालाले अहिलेको समस्याको जड निर्वाचन प्रणाली भएको र निर्वाचन प्रणालीकै कारण सरकार गठन र विघटन भइरहेको उनको भनाइ छ । नेता कोइरालाले संविधान संशोधन नगरेसम्म देशमा राजनीतिक स्थिरता कायम नहुने बताए । त्यसका लागि कांग्रेस र एमाले मिल्नुको विकल्प नभएको उनको भनाइ छ ।
उनले संविधान संशोधनमार्फत सुशासन, विकास र समृद्धिको बाटोमा हिँडाउन कांग्रेस र एमाले मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । कति सधैँ सरकार गठन र विघटनमा मात्रै लागिरहने ? जनताका काम कहिले गर्ने ? विकास कहिले गर्ने ?,उनले भने ।
नेता कोइरालाले संविधानसभाको पहिलो निर्वाचनबाट कम्युनिस्टहरू पटक–पटक सत्तामा पुगे पनि संविधान बनाउन नसकेको र दोस्रो संविधानसभाबाट कांग्रेसको नेतृत्वमा सरकार बनेपछि मात्र संविधान बनेको स्मरण गरे । परिवर्तन कांग्रेसबाट मात्रै सम्भव छ भन्ने कुरा बुझ्नपर्याे । त्यसैले अब कांग्रेस र एमाले मिलेर संविधान संशोधन गर्नुपर्ने आवश्यकता छ ।
कोइरालाले राजनीतिक स्थिरता, सुशासन र विकास आफ्नो मूल एजेन्डा भएको र त्यसमा आफू पूर्णरूपले प्रतिबद्ध रहेको पनि बताए । उनले गौतम बुद्धको पवित्र भूमि लुम्बिनीबाट आजैदेखि सबैले सत्यको बाटोमा हिँड्ने प्रण गर्दै देश बनाउने अभियानमा लाग्ने अठोट गर्न सबैलाई आग्रह गरे । उनले भने, ‘गलत निर्वाचन प्रणालीको परिणामले जहिल्यै सरकार गठन र बिघटन हुने अवस्था आएको छ । त्यसैले संविधान संशोधन नगरेसम्म देशमा राजनीतिक स्थिरता कायम हुँदैन ।’
संविधान संशोधन गरेर सुशासन, विकास र समृद्धिको बाटोमा मुलुकलाई हिंडाउन कांग्रेस र एमाले मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको कोइरालाले बताए । अब निर्णायक शक्ति मिलौं, कति सधैं सरकार गठन र बिघटनमा मात्रै लागिरहने, जनताका काम कहिले गर्ने, विकास कहिले गर्ने,’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार
मधेसमा नयाँ सत्ता समीकरण : जनमतको नेतृत्वमा सरकार बनाउने सहमति
जेठ १७, २०८१ बिहिबार
राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड र जर्मनी भ्रमण जाँदै
जेठ १७, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकको पार्टनर फर प्रोग्रेस भिडियो प्रतियोगिता
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकका ग्राहकलाई अनमोल डेण्टलका सेवाहरुमा १५% सम्मको आकर्षक छुट
जेठ १७, २०८१ बिहिबार
तापक्रममा ‘रेकर्ड ब्रेक’ : वर्षकै सबैभन्दा बढी नेपालगञ्जमा ४४.२ डिग्री
जेठ १७, २०८१ बिहिबार
बजेट पारदर्शितामा नेपाल ५८ औं स्थानमा
जेठ १७, २०८१ बिहिबार
मधेस प्रदेश सरकारको बेरुजु एक अर्ब ५९ करोड
जेठ १७, २०८१ बिहिबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार