ठूलो परिमाणको लागुऔषधसहित १० जना कारोबारी पक्राउ
नेपालबहस संवाददाता
चैत २९, २०८० बिहिबार १४:१५:५३
२९ चैत, काठमाडौं । ठूलो परिमाणको लागुऔषधसहित प्रहरीले १० जना कारोबारीलाई पक्राउ परेको छ । अवैध लागुऔषध खैरो हेरोइन एक सय ९४ दशमलव आठ सय ५० ग्राम, नियन्त्रित लागुऔषध पाँच सय तीन एम्पुल एवं मनोनिपक पदार्थ नाइट्रोभेट एक हजार दुई सय ट्याब्लेटसहित उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको लागुऔषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ । पक्राउ परेकामध्ये दुईजना भारतीय कारोबारीसमेत छन् ।
विशेष सूचनाका आधारमा प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोद्वारा सञ्चालित प्रहरी कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरी लागुऔषध 'नियन्त्रण' ऐन, २०३३ बमोजिम कारबाही थालिएको ब्यूरोका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए। उनका अनुसार उपत्यकाका विभिन्न क्षेत्रबाट पछिल्लो १० दिनको कारबाही अभियानमा उनीहरू पक्राउ परेका हुन् ।
बूढानीलकण्डबाट मोरङका नवीन धिताल, ललितपुर महालक्ष्मीबाट सप्तरीका परमानन्द मेहता, विकास कार्की, काठमाडौँबाट भारतीय नागरिक विकास कुमार तथा काठमाडौँ चाबहिलबाट सुनसरीका सञ्जय लिम्बू र विकास मण्डललाई पक्राउ गरिएको उनले बताए । उनीहरू सबैसँग खैरो हेरोइन बरामद गरिएको हो ।
यस्तै नियन्त्रित लागुऔषध नाइट्रोभेट ट्याब्लेट बिक्री गरिरहेको छ भन्ने सूचनाका आधारमा कोटेश्वरस्थित ब्यूरोबाट खटिएको टोलीले काठमाडौँको चन्द्रागिरिबाट धीरजकुमार साह र गोकर्णेश्वरबाट भारतीय नागरिक धीरज कुमार तथा गोकर्णेश्वरबाटै सुरेश तामाङ र छिरिङ तामाङलाई पनि पक्राउ गरिएको ब्यूरोले जानकारी दिएको छ ।
उनीहरूबाट पनि विभिन्न प्रकारका लागूऔषध बरामद गरिएको छ । उनीहरुलाई चैत १० गरेयताको १० दिनको अवधिमा खोजतलास गरी पक्राउ गरिएको र सबैजनामाथि अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
जेठ १७, २०८१ बिहिबार
सादा पोसाकका प्रहरी हो भन्दै लुटपाट गर्ने व्यक्ति पक्राउ
जेठ १७, २०८१ बिहिबार
चितवन र मोरङबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ
जेठ १७, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकको पार्टनर फर प्रोग्रेस भिडियो प्रतियोगिता
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकका ग्राहकलाई अनमोल डेण्टलका सेवाहरुमा १५% सम्मको आकर्षक छुट
जेठ १७, २०८१ बिहिबार
तापक्रममा ‘रेकर्ड ब्रेक’ : वर्षकै सबैभन्दा बढी नेपालगञ्जमा ४४.२ डिग्री
जेठ १७, २०८१ बिहिबार
बजेट पारदर्शितामा नेपाल ५८ औं स्थानमा
जेठ १७, २०८१ बिहिबार
मधेस प्रदेश सरकारको बेरुजु एक अर्ब ५९ करोड
जेठ १७, २०८१ बिहिबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार