तरलता बढेर ब्याजदर घट्दा बैंकको मुनाफा साढे ४२ अर्ब
नेपालबहस संवाददाता
चैत २९, २०८० बिहिबार १५:४९:४७
२९ चैत, काठमाडौं । मौद्रिक नीतिमा क्रमिकरूपमा लचकता अपनाउँदा उपभोक्ता र लगानीकर्ताको विश्वास जित्ने र यसले पूँजीगत खर्चमा तीव्रता दिने नीतिगत व्यवस्थाका कारण बैंकले कर्जा क्षेत्रमा देखिएको सहजता, ब्याजदरमा आएको गिरावट, पर्यटन तथा कृषि क्षेत्रको सुधार एवं निर्माणाधीन केही महत्वपूर्ण जलविद्युत परियोजनाको उत्पादन बढ्ने समग्र विश्लेषण थियो यो वर्ष । तर, बैंक तथा वित्तीय संस्थामा समग्रमा खासै उतारचढाव देखिएन ।
बैंकिङ प्रणालीमा उच्चतम तरलता देखियो र सबैखाले निक्षेपको ब्याजदर घटाउन बैंकहरू बाध्य भए । यो वर्ष पनि सहुलियतपूर्ण ब्याज अनुदान बापतको रकम बैंकहरुले पाएनन् । यसका बावजुत पनि वाणिज्य बैंकहरुको मुनाफा साढे ४२ अर्ब माथि देखियो । कर्जा लगानीमा खासै प्रगति नदेखिएपनि ४२ अर्ब ३० करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । यो चालु आर्थिक वर्षको ८ महिनामा २० वटा वाणिज्य बैंकहरुले कमाएको नाफा हो । गत माघ मसान्तसम्म वाणिज्य बैंकहरुको मुनाफा ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ थियो । कर्जा लगानी बढाउन नसक्दा बैंकहरुले ब्याजदर घटाउँदै ल्याए । जसका कारण बैंकिङ प्रणालीमा उच्च तरलता भएसँगै सबैखाले निक्षेपको ब्याजदर घटेर आयो ।
गत वैशाखमा बैंकहरूले समग्र निक्षेपमा औसत ८.०८ प्रतिशत ब्याजदर कायम हुँदा मुद्दती निक्षेपमा १०.७६ प्रतिशत दिइरहेका थिए । गत फागुनमा भने समग्र निक्षेपको ब्याजदर मात्रै ६.७४ प्रतिशत छ, मुद्दती निक्षेपमा भने ९.२२ प्रतिशत ब्याज दिइरहेका छन् । समग्र निक्षेपको ब्याजदर घटेपनि लगानीका अन्य विकल्प नहुँदा र रेमिटेन्स भित्रने दर बढेसँगै बैंकहरूमा निक्षेप उच्च दरमा बढेको छ । गत माघको तुलनामा फागुनमा मात्रै बचत निक्षेप ३७ अर्ब ६९ करोड रूपैयाँले बढेर १५ खर्ब ३१ अर्ब पुगेको छ ।
बैंकले कम अवधिको मुद्दति निक्षेपमा प्राथमिकता दिन छाडेपछि निक्षेप उच्च दरले घटेको छ । विगत १० महिनाको अवधिमा ३ देखि १२ महिने अवधिको मुद्दति निक्षेप २ खर्ब ६९ अर्ब ४२ करोड रूपैयाँले घटेको देखिन्छ । गत वैशाखमा वाणिज्य बैंकहरूले ३ देखि ६ महिना अवधिको ६ खर्ब २१ अर्ब रूपैयाँ बराबरको निक्षेप संकलन गरेका थिए । गत फागुनमा आइपुग्दा यस्तो निक्षेप १२ प्रतिशतले घटेर ५ खर्ब ४४ अर्ब रूपैयाँमा सीमित भएको देखिन्छ । गत जेठमा बैंकहरूले ६ देखि १२ महिना अवधिको १० खर्ब ३० अर्ब रूपैयाँ बराबर निक्षेप संकलन गरेका थिए । फागुनमा आइपुग्दा यस्तो निक्षेप १८.७० प्रतिशतले घटेर ८ खर्ब ३७ अर्बमा आएको छ ।
अर्को तर्फ करिब डेढ वर्षदेखि सहुलियतपूर्ण ब्याज अनुदानबापतको रकम बैंकहरुले पाएका छैनन् । सरकारले ब्याज अनुदान दिने आसमा ५ प्रतिशत ब्याजदरमा सहुलितयपूर्ण कर्जा प्रवाह भएको थियो । नेपाल राष्ट्र बैंकको तथ्यांकमा बैंकहरुले फागुनसम्म १ लाख ३० हजार ८४४ जना ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेका थिए । जसवापत १ खर्ब ४९ अर्ब ३० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा बक्यौताको रकम बढेर सहुलियतपूर्ण कर्जाको ब्याज २२ अर्ब पुग्ने दाबी बैंकहरुले गरेका छन् । राष्ट्र बैंकले अर्थ मन्त्रालयले भुक्तानी नदिँदा बैंकहरुको ब्याज अनुदानको रकम भुक्तानी दिन नसकिएको बताएको छ ।
हालै राष्ट्र बैंकले ११ अर्बको दाबी गरेर मन्त्रालयमा पत्र पठाएको छ । बैंकहरुले प्रवाह गरेको सहुलियतपूर्ण कर्जाको बक्यौता करिब डेढ खर्ब रुपैयाँ छ । राष्ट्र बैंकको तथ्यांक अनुसार यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५१ हजार ४०५ ऋणीलाई प्रवाह भएको १ खर्ब ७७ करोड कर्जा बक्यौता छ । महिला उद्यमशील कर्जा अन्तर्गत ७६ हजार ९७५ जनालाई प्रवाह भएको ४६ अर्ब ४८ करोड कर्जा बक्यौता छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ४६४ ऋणीको २ अर्ब ५ करोड कर्जा बक्यौता छ । राष्ट्र बैंकले ५ वर्षअघि उक्त योजना कार्यान्वयन सुरु गरेको थियो ।
सबै खाले वित्तीय संस्थाले आठ महिनामा ४६ अर्ब ३८ करोड मुनाफा कमाए । गत आव सोही अवधिमा ५३ अर्ब ६० करोड कमाएका थिए । बैंक तथा वित्तीय संस्थाको मुनाफा चालु आव १५.५७ प्रतिशतले घटेको छ । चालु आव बैंक तथा वित्तीय संस्थाले सम्भावित कर्जा नोक्सानीका लागि ५५ अर्ब ८७ करोड रुपैयाँ प्रोभिजन गरेका छन् । गत आव सोही अवधिमा ३६ अर्ब ५५ करोड मात्रै प्रोभिजनिङ गरेकोमा चालु आव प्रोभिजनिङ बढे पनि नाफा घटेको हो । प्रोभिजन बढ्दै जाँदा बैंकहरूको नाफा प्रभावित भएको हो । २० वाणिज्य बैंकको मात्र ४२ अर्ब ३१ करोड नाफा हो । यो गत आव सोही अवधिमा ४८ अर्ब ८३ करोड नाफा थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमातातीर्थ औँसीमा नबिल बैंकको सन्देशमूलक भिडियो, आमाको पहिचानका लागि परिवारको दायित्व
बैशाख २७, २०८१ बिहिबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार
महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक संघसंस्थाहरूलाई सहायता वितरण
बैशाख २७, २०८१ बिहिबार
प्रहरी अतिरिक्त महानिरीक्षकमा जोशी र ढकाललाई बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख २७, २०८१ बिहिबार
कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई जना विना विभागीय मन्त्री नियुक्त
बैशाख २७, २०८१ बिहिबार
मोरङ प्रहरीले पक्राउ गर्यो ठूलो परिणाममा लागूऔषध गाँजा
बैशाख २७, २०८१ बिहिबार
सरकारको नीति तथा कार्यक्रम जेठ १ गते आउने
बैशाख २७, २०८१ बिहिबार