सिद्धबाबा मन्दिरमा दर्शनार्थीको भीड
नेपालबहस संवाददाता
चैत २९, २०८० बिहिबार १६:२९:२
२९ चैत, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित सिद्धबाबा मन्दिरमा दर्शनार्थीको भीड बढेको छ । मन्दिर बाहिर लहरै ठेला राखेर पसल थापिएको छ ।
मन्दिर दर्शनका लागि पुगेका दर्शनार्थी कोही मन्दिरभित्र प्रवेश गरिररहेका छन् । कोही आफूलाई मनपर्ने सामान किन्न व्यापारीसँग मोलमोलाइ गरिरहेका भेटिन्छन् । पछिल्लो केही सातायता महेन्द्रनगरको सिद्धबाबा मन्दिरमा दर्शनार्थीको चहलपहल बढेको हो । हजारौँको सङ्ख्यामा दर्शनार्थी सिद्धबाबाको दर्शनका लागि आउँदा महेन्द्रनगर बजारमा पनि चहलपहल बढेको छ ।
पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतीय दर्शनार्थी सिद्धबाबाको दर्शनका लागि आउने श्रद्धालुको भीडभाडले यहाँको व्यापार–व्यवसाय पनि बढेको हो । पछिल्लो समय गड्डाचौकीबाट महेन्द्रनगर बजारसम्मै श्रद्धालुको लस्कर देखिन्छ । नेपाल र भारतमा लाग्ने पूर्णागिरि मेलाले महेन्द्रनगरस्थित सिद्धबाबा मन्दिर दर्शनार्थी गुलजार बनेको छ ।
“अरु बेला दर्शनार्थी कमै हुन्छन् । पूर्णागिरि मेलाले यो समयमा सिद्धबाबा दर्शनका लागि धेरै मानिस पुग्ने गरेका छन्”, सिद्धनाथ मन्दिर व्यवस्थापन समितिका सचिव पुष्कर उप्रेतीले भने, “फागु पूर्णिमादेखि वैशाख पूर्णिमासम्म श्रद्धालु बढी आउँछन् । त्यसपछि दर्शनार्थी घट्दै जान्छन् ।” उनका अनुसार हरेक वर्ष फागु पूर्णिमादेखि पूर्णागिरि मेला लाग्ने गरेको छ । यसअवधिमा ठूलो सङ्ख्यामा श्रद्धालु आउने हुनाले भीमदत्त नगरपालिका–९ ब्रह्मदेव र महेन्द्रनगरको सिद्धबाबा मन्दिरमा घुइँचो लागेको हो ।
भारतको उत्तराखण्डस्थित पूर्णागिरि मन्दिरमा पुगेपछि सिद्धबाबाको पनि दर्शन गरेमात्रै मनोकामना पूरा हुने मान्यताअनुसार पूर्णागिरिको दर्शन गरेका श्रद्धालु सिद्धबाबाको दर्शन गर्न पुग्ने गरेका छन् । “हामी हरेक वर्ष पूर्णागिरि दर्शन गर्छौँ । गाडी भाडामा लिएर गाउँभरका मानिस दर्शनका लागि आएका छौँ”, सिद्धबाबा मन्दिरमा भेटिनुभएका उत्तरप्रदेश बहराइचका सुकदेवले भन्नुभयो, “पूर्णागिरि पुगेपछि सिद्धबाबा पुगेर दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वास छ ।”
पूर्णगिरि मेला भर्न पुगेका नेपालका विभिन्न ठाउँका श्रद्धालुका साथै भारतको उत्तराखण्ड र उत्तरप्रदेशलगायत ठाउँबाट श्रद्धालु सिद्धबाबा दर्शनका लागि पुग्ने गरेका छन् । प्राचीनकालमा सिद्धबाबाले गरेको भक्ति देखेर प्रशन्न भएका पूर्णागिरिले आफ्नो दर्शन गरेपछि सिद्धबाबाको दर्शन गर्नुपर्ने र त्यसपछि मात्रै मनोकाङ्क्षा पूरा हुने बरदान दिएको किंवदन्ती छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ हुने
बैशाख ३०, २०८१ आइतबार
के भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार