नाउपालाई बुढाबुढी झगडाको उपलब्धि, सुदूरपश्चिमको मुख्यमन्त्री !
नेपालबहस संवाददाता
चैत २९, २०८० बिहिबार १७:८:२४
२९ चैत, काठमाडौं । दुई दिन यता नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दिने कुरामा भद्र सहमति भएको कुरा बाहिर आएको छ । बाहिरका समाचारप्रति सत्ता समीकरणका नेताहरूले कुनै प्रतिक्रिया नदिएका कारण यो चर्चा सही हो कि भन्ने अनुमान राजनीतिमा छ । नाउपाले त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री दिने समझदारी भइसकेको दावी नै गरेको छ ।
सत्ता गठबन्धनमा सुदूरपश्चिम प्रदेशको नेतृत्व नाउपालाई दिने सहमति भएको हो भने यसले फुटको संघारमा पुगेको पार्टी जोगिने सम्भावना देखिएको छ । सत्ता समीकरण बदलिएसँगै नाउपामा विवाद सुरु भएको थियो । नाउपाको झगडा पति र पत्नी बीचको विवाद हो । संरक्षक अध्यक्ष रेशम चौधरी अहिलेको समीकरणमा जान नहुने पक्षमा उभिदा पार्टी अध्यक्ष रहेकी पत्नी रञ्जिता समीकरणका पक्षमा लागिन । जसले पार्टीमा विवाद मात्र ल्याएन, केही पार्टीका नेताले कारवाही भाग्नु पर्यो भने केहीले कुटाई पनि खाए ।
संघमा बनेको समीकरण अनुसार सुदूरपश्चिम प्रदेशमा एमाले, माओवादी, नाउपा र एकीकृत समाजवादीको गठबन्धनलाई निरन्तरता दिएर आलोपालो सरकार सञ्चालन गर्ने समझदारी भएको बताइएको छ । यस सहमतिमा नाउपाले पहिले मौका पाउनेछ । नाउपाका केन्द्रीय सदस्य दामोदर पण्डितले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रालय लिने गठबन्धनमा सहमति भएको बताएका छन् । उनले मुख्यमन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रालय लिएर सुदुरपश्चिममा सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टीले गर्ने लिखित समझदारी नै दावी गरेका छन् ।
नाउपाले प्रदेशसभा सदस्य कैलाश चौधरीलाई मुख्यमन्त्रीका रुपमा अघि सार्ने बताएको छ । कैलाश नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ निकट मानिन्छन् । श्रेष्ठले हालै प्रदेश संसदीय दलको नेताबाट आर्थिक मामिला मन्त्री समेत रहेका घनश्याम चौधरीको जिम्मेवारी खोसेकी छन् । उनको ठाउँमा कैलाशलाई नियुक्त गरेको पत्र प्रदेश सभा सचिवालयमा पठाए पनि सभामुख भीमबहादुर भण्डारीले निर्णय लिएका छैनन् ।
राजनीतिक समीकरण फेरिएपछि सुदुरपश्चिममा कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नयाँ गठबन्धनसँगै जाने भन्ने विषयमा पार्टी अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच विवाद चर्किएको थियो । कमलबहादुर शाह नेतृत्वकै सरकारलाई समर्थन गर्नुपर्ने अडानमा रेशम चौधरी थिए । यही कारण नाउपाका ५ जनालाई शाहले मन्त्री बनाएका थिए । तर पार्टीको निर्देशन नमानेको भन्दै अध्यक्ष श्रेष्ठले समानुपातिक सांसद इन्दिरा गिरीलाई कारबाही गर्दै पदमुक्त गरेकी छन् । नाउपाले मुख्यमन्त्री पाउँदा यो विवाद पनि साम्य हुने र बुढाबुढी बीच कुरा मिल्ने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलालीको तापक्रम ४३.३६ डिग्री सेल्सियस, विद्यालय सञ्चालनमा कठिनाइ
जेठ १७, २०८१ बिहिबार
भूक्षय नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी हुँदै
जेठ १६, २०८१ बुधबार
‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै
जेठ १०, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
अनलाईन मार्फत ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेठ १८, २०८१ शुक्रबार
कभानीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
जेठ १८, २०८१ शुक्रबार
भ्रष्टाचार आरोपमा जनही १३ लाख बिगो दावी गर्दै ८ जनाविरुद्ध मुद्दा दायर
जेठ १८, २०८१ शुक्रबार
पर्वतमा खरबुजाको व्यावसायिक उत्पादन सुरू
जेठ १८, २०८१ शुक्रबार
लेक उक्लिएका भेडाका बथानले ढाकिएको रिग क्षेत्र
जेठ १८, २०८१ शुक्रबार
जेठको चर्को घाममा पार्वतीलाई मकै पोलेर बेच्न भ्याइनभ्याइ
जेठ १८, २०८१ शुक्रबार