नयाँ वर्षमा नेपाली चलचित्रलाई दर्शकको साथ, अधिकांश शो ‘हाउसफुल’
नेपालबहस संवाददाता
बैशाख १, २०८१ शनिबार १८:१४:४१
१ वैशाख, काठमाडौं । नयाँ वर्षलाई लक्षित गरी हलहरूमा तीन नेपाली चलचित्र प्रदर्शनमा छन् । २०८० सालको अन्तिम दिन शुक्रबारदेखि रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’, फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ र चौथो सातामा ‘महाजात्रा’ प्रदर्शन भइरहेको छ ।
वितरकले दिएको जानकारीअनुसार आज तीनै चलचित्रका अधिकांश शो ‘हाउसफुल’ छन् । नयाँ वर्षमा दर्शकले नेपाली चलचित्र हेर्न चाहेको यसले प्रमाणित गरेको छ । डिग्री पास बेरोजगारको कथालाई प्रस्तुत गरिएको चलचित्र ‘डिग्री माइला’ मा अभिनेता दयाहाङ राई शीर्ष भूमिकामा छन्। युवाको सपना र क्षमतालाई प्रस्तुत गरिएको नाटक ‘डिग्री माइला’ कै पात्रबाट प्रभावित भई चलचित्र तयार गरिएको हो ।
“यो पात्रले हाम्रो समाजको धेरै पक्षलाई देखाएको छ । शिक्षा, समाज, ग्रामीण अवस्था र युवाको बेरोजगारी अवस्थालाई माइलाको पात्रमार्फत व्यक्त गरिएको छ”, अभिनेता राईले भने, “यो पात्रलाई नाटकबाट चलचित्रमा ल्याउने सपना बल्ल पुरा भयो । यो कथा धेरैसम्म पु¥याउनु थियो ।”
डिग्री माइलामा अभिनेता राईसँगै आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गरेका छन् । कलाकारहरूले हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । प्रदर्शन गरिएको अर्को चलचित्र ‘द रेड सुटकेस’ मा वैदेशिक रोजगारीमा पुगेका युवाको कथा देखाइएको छ । चलचित्रमा अभिनेता बिपिन कार्की, सौगात मल्ल, प्रवीन खतिवडा, अभिनेत्री सृष्टि श्रेष्ठलगायतले अभिनय गरेका छन् ।
विमानस्थलबाट एउटा रातो सुटकेस लिएर गाउँतर्फ लाग्ने यात्रीले यात्राका क्रममा भोगेको कथालाई चलचित्रमा प्रस्तुत गरिएको लेखक तथा निर्देशक देवकोटाले बताए । “हामीले मिथक शैलीमा नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर यो चलचित्रको कथा तयार गरेका छौँ”, उनले भने, “वर्तमान समयलाई दस्तावेज गरेका छौँ । यसले हाम्रो रहनसहन र समाजलाई देखाउँछ ।”
चौथो सातामा प्रदर्शनरत चलचित्र ‘महाजात्रा’ मा दर्शकको उपस्थिति घटेको छैन । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको महाजात्रामा हरिवंश आचार्य, बिपिन कार्की, वर्षा राउत, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, दिव्य देवलगायतको अभिनय छ ।
निर्माता दीपेश खत्रीले तीन सातामा नेपालमा १४ करोड र विदेशमा नौ करोडसहित विश्वभर २३ करोडको व्यापार 'ग्रस कलेक्सन' गरेको उनको दाबी छ । आज १ गते तीनै नेपाली चलचित्रको शो भरिभराउ भएकाले कूल रु तीन करोड बराबरको व्यापार गर्ने अनुमान वितरकको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुजार सार्की मेरो लागि निकै महत्त्वपूर्ण छ’ : पल
बैशाख २७, २०८१ बिहिबार
पूर्ण बहादुरको सारङ्गीमा मकुन अनुबन्धित
बैशाख २७, २०८१ बिहिबार
'पुजार सार्की’मा विभेद र वर्गीय सङ्घर्षको कथा
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
मधेश प्रदेशमा १० महिनामा आगलागीबाट १९ जनाको मृत्यु
बैशाख २७, २०८१ बिहिबार
मधेशमा सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार
महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक संघसंस्थाहरूलाई सहायता वितरण
बैशाख २७, २०८१ बिहिबार
प्रहरी अतिरिक्त महानिरीक्षकमा जोशी र ढकाललाई बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख २७, २०८१ बिहिबार
कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई जना विना विभागीय मन्त्री नियुक्त
बैशाख २७, २०८१ बिहिबार