जितपछि म्यानचेस्टर सिटी शीर्ष स्थानमा
नेपालबहस संवाददाता
बैशाख २, २०८१ आइतबार ९:१२:५७
२ बैशाख, काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लुटन टाउनमाथि फराकिलो जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लुटन टाउनलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्ड, माटेओ कोभाकिक, जेरेमी डोकु र जोस्को गभारडिओलले एक एक गोल गरेका थिए भने एक गोल लुटन टाउनका डैकी हशिओकाले आत्मघाती गोल गरेका थिए । त्यस्तै लुटन टाउनका लागि एक गोल रोज बार्कलीले गरेका थिए ।
यो जितपछि म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । सिटीको ३२ खेलमा ७३ अंक भएको छ ।
त्यस्तै एक खेल कम खेलेको आर्सनलको ३१ खेलमा ७१ अंक छ भने लिभरपुलको पनि ३१ खेलमा ७१ अंक नै छ । त्यसैगरी लुटन टाउनको ३३ खेलमा २५ अंक रहेको छ र रेलिगेसन जोनमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
जाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना !
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भएको आगलागीको विवरण संकलन गरिँदै
जेठ ७, २०८१ सोमबार
८ नम्बरमा पर्यो उपेन्द्रको रिट, ढुंगानाको इजलासमा सुनुवाइ
जेठ ७, २०८१ सोमबार
गोदावरीको हाटखोली आन्तरिक पर्यटकको रोजाइमा
जेठ ७, २०८१ सोमबार
कांग्रेससहित विपक्षी दलहरुले गरे संसद अवरोध, १५ मिनेटका लागि बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
सुनको मूल्य तोलामा नौ सयले बढ्यो, चाँदीको कति ?
जेठ ७, २०८१ सोमबार
चर्चित कथा वाचक साइग्रेसको कथा 'अधुरो प्रेम'मा चलचित्र बन्दै
जेठ ७, २०८१ सोमबार