छानबिन समिति बनाउँदा गृहमन्त्री लामिछाने कारवाहीमा पर्ने भएपछि संसद बन्द गरेर सरकार भाग्योः कांग्रेस
नेपालबहस संवाददाता
बैशाख २, २०८१ आइतबार ११:१५:२७
२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सरकारले संसद अधिवेशन बन्द गरेर जनताका अगाडि आफूलाई दोषी प्रमाणित गरेको ठहर गरेको छ । जनताका माग कांग्रेसले उठाउँदा सरकार संसद नै बन्द गरेर भागेको निष्कर्ष निकालेको छ । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग सम्बोधन गर्दा दोषी कारवाहीमा पर्ने भएकाले संसद अधिवेशन अन्त्य गरेर सरकार भागेको कांग्रेसको निष्कर्ष छ ।
आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सरकार जवाफदेहिताबाट भागेर गैरजिम्मेवारीपूर्वक प्रस्तुत भएको निष्कर्ष निकालेको हो । बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकार जवाफदेही बन्नुको साटो तानाशाही बन्न खोजेको निष्कर्ष बैठकले निकालेको बताए । कांग्रेसले हिउँदे अधिवेशन अन्त्यको निर्णय गरेर सरकारले संसदीय मूल्य मान्यता र अलोकतान्त्रिक काम गरेको बताएको छ ।
उनले भने, ‘प्रतिपक्षको अवरोधका कारण संसद् चल्न नसकेको भन्ने तर्क लज्जास्पद छन् । संसदका कुनै पनि काम कारबाही अवरोध गरेको थिएन । सरकारको तानाशाही प्रवृत्तिका कारण २ दिन अवरोध भएको हो । यसको जिम्मा सरकारले नै लिनुपर्दछ । यो निर्णयको कांग्रेस घोर भर्त्सना र निन्दा गर्दछ । अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताका विरुद्ध काम नगर्न सरकारलाई कडा चेतावनी पनि दिन्छौँ ।’
सरकारका उपप्रधान तथा गृहमन्त्री नै सहकारी ठगीमा संलग्न रहेको विषयमा छानबिन गर्न माग गर्दा पनि सरकार सदनबाट भागेर हिँडेको कांग्रेसको भनाइ छ । जनताले जम्मा गरेको अर्बौँ रकम हिनामिना ठगी भएको जनविरोधी कार्यमा सरकार मन्त्री संलग्न रहेको पुष्टि स्वयंम सरकारले नै पुष्टि गरेको उनले बताए ।
उनले भने, ‘जनताले जम्मा गरेको अर्बौँ रकम हिनामिना ठगी भएको जनविरोधी अपराधजन्य कार्यमा सरकारका मन्त्री संलग्न रहेको विषय घामजस्तै छर्लङ्ग छ । सरकार उक्त विषयमा तथ्यपरक ढंगले संवाद नगरी जनताका सवालमा गैर जिम्मेवार हुँदै संसद अधिवेशन अन्त्य गरेर भाग्नुले पनि यसलाई पुष्टि गरेको छ ।’ संघीय संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरूले सहकारीमा बचत भएको रकम हिनामिना, अपचलन, दुरुपयोग र ठगी भएको विषय उठाउँदै आएका थिए । सत्तापक्षकै कतिपय सांसदहरूले समेत विपक्षीका मागमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका थिए ।
कांग्रेसले यो विषयमा मन्त्री लामिछानेमाथि छानबिन माग गर्दै संसद अवरुद्ध समेत गरेको थियो । यही सन्दर्भमा गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आइतबार मध्यराति १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
त्यसबारे छलफल गर्न आइतबार बिहान संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बसेको थियो । सो बैठकले, सरकारले बजेट अधिवेशनका लागि पर्याप्त समय हुँदाहुँदै अप्रत्यासित र असामयिक रुपले संघीय संसदको चालु अधिवेशन अन्त्यको सिफारिस गरेको ठहर गरेको छ ।
यसप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रमुख सचेतक लेखकले भने, ‘सरकारले सदनमा बहुसंख्यक सदस्यहरूले उठाएको विषयबारे गम्भीर, सार्थक गरी निष्कर्षमा पुग्नुपर्नेमा जनताको सरोकारको विषयमा बेवास्ता गर्दै संसदबाट भाग्ने काम गरेको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुरुङको अन्त्येष्टि परेकाले कांग्रेस संसदीय दलको बैठक सारियो
बैशाख २७, २०८१ बिहिबार
भोलिबाट सुरु हुने संसद अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउँदै कांग्रेस
बैशाख २७, २०८१ बिहिबार
कोशीमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउने दाबी पेश हुँदै
बैशाख २७, २०८१ बिहिबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
नेपालबहस संवाददाता
बैशाख २५, २०८१ मंगलबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
विश्वभरका झण्डा बागलुङमा
बैशाख २७, २०८१ बिहिबार
सर्वोच्च अदालतमा बिहीबारका सबै सुनुवाइ स्थगित
बैशाख २७, २०८१ बिहिबार
छ्यारछ्यारेमा निर्माण भएको मोटरेबल पुल
बैशाख २७, २०८१ बिहिबार
मनास्लु पदमार्गमा जथाभावी ढलेको मार्किङ पोल
बैशाख २७, २०८१ बिहिबार
पोखराको बेगनास ताल
बैशाख २७, २०८१ बिहिबार
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीले पेश गरे दाबी
बैशाख २७, २०८१ बिहिबार