माधव नेपालले कांग्रेसतिर नलाग्नु भनेर फोन गरेपछि सुदूरपश्चिममा हलचल
नेपालबहस संवाददाता
बैशाख २, २०८१ आइतबार १५:१४:३०
२ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका नेतालाई मुख्यमन्त्रीमा समर्थन नगर्ने संकेत देखिएपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फोन गर्दै आफ्ना सांसदलाई कांग्रेसतिर नलाग्न भनेका छन् । उनको फोन आएपछि समाजवादीमा हलचल मच्चिएको छ ।
नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका नेता लक्ष्मणकिशोर चौधरी, नेपाली कांग्रेस र एकीकृत समाजवादीका प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारीमा छन् । तर एकीकृत समाजवादीका नेताहरु अलमलमा परेका छन् ।
पार्टीका शीर्ष नेताले टेलिफोन गरेर एमाले–माओवादीसहितको गठबन्धनमै रहन र कांग्रेस–नाउपालाई साथ नदिन दबाब दिएपछि सुदूरपश्चिमका एकीकृत समाजवादीका नेताहरूले चौधरीलाई समर्थन दिन सकेका छैनन् ।
कांग्रेस संसदीय दलका नेता तथा कामचलाउ मुख्यमन्त्री कमलबहादुर शाह र नाउपा रेशम पक्षका नेता लक्ष्मणकिशोर चौधरी मुख्यमन्त्री निवासमा एकीकृत समाजवादीका नेताहरूलाई पर्खिरहेका छन् । तर एकीकृत समाजवादीका नेताहरूले आनाकानी गरेका कारण प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्न सकेका छैनन् ।
पार्टी अध्यक्ष नेपालले नै टेलिफोन गरेर कांग्रेससहितको सरकार बनाउन सहयोग नगर्न निर्देशन दिएपछि एकीकृत समाजवादीका नेताहरु छुट्टै छलफलमा बसेका छन् । आज अन्तिम दिन भइसक्दा पनि सुदूरपश्चिममा सरकारको दावी पेश हुन सकेको छैन ।
यसैले सुदूरपश्चिम प्रदेशको सरकार गठन राजनीतिक खेलका कारण अन्योलमा परेको छ । नागरिक उन्मुक्ति पार्टीलाई नेतृत्व दिने गरी सुदुरपश्चिममा गठबन्धनको सरकार बनाउन लागिपरे पनि गएको शुक्रबारदेखिको प्रयास सफल हुन सकेको छैन ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता चौधरीले शुक्रबार नै कैलाश चौधरी मुख्यमन्त्री बन्ने बताएकी थिइन् । तर, नेकपा एकीकृत समाजवादीको असहमति र नाउपाकै रेशम चौधरी पक्षको असहयोगका कारण प्रदेश प्रमुख नजिर मियाँले दिएको मिति गुज्रिनै लाग्दा समेत सरकारको खाका अनिश्चित भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
उपप्रधानमन्त्री रघुवीर महासेठको सम्पत्ति दुई वटा घरसहित २ करोड नगद, ४३ तोला सुन
जेठ ८, २०८१ मंगलबार
मन्त्रिपरिषदका कुन सदस्यको कति सम्पति ?
जेठ ८, २०८१ मंगलबार
काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आईपीभी’ खोप लगाइने
जेठ ८, २०८१ मंगलबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
राष्ट्रपति रायसीको अन्त्येष्टि समारोह सुरु
जेठ ८, २०८१ मंगलबार