सुदूरपश्चिमको मुख्यमन्त्रीमा रेशम पक्षका लक्ष्मणकिशोर र रञ्जिता पक्षका कैलाश चौधरीले पेश गरे दावी
नेपालबहस संवाददाता
बैशाख २, २०८१ आइतबार १५:२९:१६
२ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका पार्टीका अर्का सांसद कैलाश चौधरीले पनि दावी पेश गरेका छन् । उनी पार्टी अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठ पक्षका हुन् । यसअघि रेशम पक्षका लक्ष्मणकिशोर चौधरीले कांग्रेस र नेकपा एकीकृत समाजवादी समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेका थिए ।
कैलाशले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । प्रदेश प्रमुख नजिर मियाले अर्को पक्षले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेकाले कानुनी परामर्शपछि निर्णय गर्ने जवाफ दिएका छन् । नाउपाकै लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दावी पेश गरेपछि उनले पनि पेश गरेका हुन् ।
लक्ष्मणकिशोर चौधरीले नाउपासहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राप्रपाका गरी २७ सांसदको साथ आफूलाई रहेको चौधरीको दाबी छ । नाउपा संसदीय दलको नेताबाट कारवाही गरिएका घनश्याम चौधरी, नेपाली कांग्रेस संसदीय दल नेता कमलबहादुर शाह र एकीकृत समाजवादी संसदीय दल नेता दीर्घ सोडारीको हस्ताक्षर भएको पत्रसहित नाउपा सांसद चौधरीले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री दाबी पेस गरेका छन् ।
सुदुरपश्चिममा कांग्रेसका १८, एकीकृत समाजवादीका चार, नाउपाका रेशम चौधरी पक्षका ४ र राप्रपाका १ जना सांसद छन् । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसदको साथ चाहिन्छ । चौधरीले आइतबार दिउँसो २ बजेर ५७ मिनेटमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
दाबी पेस गर्न प्रदेश प्रमुखकोमा चौधरीसहित कांग्रेस संसदीय दल नेता विक्रम धामी, नाउपाका घनश्याम चौधरी, राप्रपाका सांसद खेमा विष्ट पुगेका थिए । एकीकृत समाजवादीका सांसदहरूले चौधरीलाई मुख्यमन्त्री बनाउन लिखित सहमति गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ८, २०८१ मंगलबार
पर्यटन प्रवर्द्धनका लागि अन्नपूर्ण म्याराथन
जेठ ८, २०८१ मंगलबार
पलाञ्चोक भगवती : संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम
जेठ ८, २०८१ मंगलबार
कालोपत्रे सडक निर्माणको काम हुँदै
जेठ ८, २०८१ मंगलबार
बाँकेमा हुरीबतासले विद्युत् आपूर्ति प्रभावित
जेठ ८, २०८१ मंगलबार
दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित
जेठ ८, २०८१ मंगलबार