पर्यटन प्रवर्द्धनका लागि मर्स्याङ्दी जलाशयमा मोटरबोट
नेपालबहस संवाददाता
बैशाख २, २०८१ आइतबार १६:२०:४६
२ वैशाख, तनहुँ । पृथ्वी राजमार्गमा अवस्थित तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा आजदेखि मोटरबोट सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गरेको हो ।
गण्डकी प्रदेशका बिना विभागीयमन्त्री हरिबहादुर चुमानले आज मोटरबोटको शुभारम्भ गर्दै पर्यटनलाई समृद्धिसँग जोड्ने पालिकाको अभियान सकारात्मक रहेको चर्चा गरे । उनले जलविद्युत, कृषि, पर्यटन समृद्धिका आधार रहेकाले यसलाई उपयोग गर्नुपर्नेमा जोड दिए ।
मस्र्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालनका लागि आँबुखैरेनी गाउँपालिकाले गत पुस ९ गते बोलपत्र आह्वान गरेको थियो । गाउँपालिकाले मोटरबोट सेवाप्रदायक कम्पनी बोटेबोराको प्रस्ताव छनोट गरेर उक्त कम्पनीसँग सम्झौता गरी सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । जलाशय नजिक प्रसिद्ध धार्मिकस्थल अल्कादेवी पनि रहेकाले धार्मिक पर्यटकहरूलाई समेत मोटरबोटमार्फत आकर्षित गर्न सकिने उनको भनाइ छ ।
अध्यक्ष चुमानले पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने पर्यटकलाईसमेत मोटरबोटमा आकर्षित गर्न सकिने बताए । उनले भने, “पर्यटनका क्षेत्रमा केही नवीन काम गर्ने जमर्को गरेका छौँ । ऐनापहरामा उद्यान निर्माणाधीन छ भने आँधीमूलमा कृत्रिम ताल निर्माण गर्ने योजना बनाएका छौँ ।”
सो जलाशयमा तत्कालका लागि रु एक करोडको लगानी गरिएको बोटेबोराका सञ्चालक विष्णु ढकालले जानकारी दिए । मोटरबोट सञ्चालनले आन्तरिक तथा बाह्य पर्यटकका लागि थप पर्यटकीय गन्तव्यको विकास गर्न सकिने उनको भनाइ छ । नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सीप एण्ड बोट बिल्डिङ प्रालिले निर्माण गरेको अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालन गरिएको छ ।
कम्पनीले थप रु तीन करोड लगानी गरी जलाशय किनारमा ‘बिच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टर सहितको संरचनाहरू बनाउने योजना रहेको जनाएको छ ।
यसअघि नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको ढकालले जानकारी दिए ।
मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरकफरक शुल्क कायम गरिएको छ । कम्पनीले छ देखि आठ मिनेटसम्म मोटरबोटमा सयर गर्न रु दुई ५० प्रतिव्यक्ति, १० देखि १२ मिनेटसम्मको लागि प्रतिव्यक्ति रु पाँच सय र १५ देखि २० मिनेटसम्म सयर गर्नका लागि प्रतिव्यक्ति रु एक हजार शुल्क लाग्ने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटन प्रवर्द्धनका लागि अन्नपूर्ण म्याराथन
जेठ ८, २०८१ मंगलबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार