आज चैते दशैं, बिहानैदेखि मन्दिरहरुमा भक्तजनको घुइँचो
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार ११:१:१५
४ वैशाख, काठमाडौं । आज चैते दशैं । बिहानदेखि देशभरका विभिन्न मन्दिरहरूमा भक्तजनहरूले पूजाअर्चना गरेका छन् । चैते दशैं शरद ऋतुमा मनाइने बडादशैंको जस्तो बाहिरी उल्लास र चहलपहल चैते दशैंमा नभए पनि दुर्गा भवानीको पूजाआजा गर्ने र खास गरेर अष्टमी तिथिको दिन आफन्तजनसँग बसेर सँगै खानपिन गर्ने र भगवान राम जन्मेको तिथि रामनवमी विशेष उल्लासका साथ धार्मिक अनुष्ठानमा संलग्न भई यो पर्व मनाउने गरिन्छ ।
चैते दशैं चैत शुक्ल अष्टमीमा पर्द्छ । असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दशैंलाई पर्वको रुपमा हिन्दु धर्मावलम्बीहरूले वर्षमा दुई पटक मनाउने गर्दछन् ।
प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैं पर्व आज नेपालीले घर–घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् ।
आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैं भनिन्छ । बडादशैंमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ ।
यसै अवसरमा बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान ४ बजेदेखि नै कालिकामा पूजाअर्चना गर्ने नेपाली तथा भारतीय पर्यटकको घुइँचो लागेको हो । हरेक वर्ष बागलुङमा चैतेदशैंलाई भव्य रूपमा बनाउने गरिन्छ । हरेक वर्ष चैतेदशैंका दिन हजारौं दर्शनार्थीले कालिकाको दर्शन गर्दै आएका छन् ।
भक्तजनको घुइँचो बढेपछि बागलुङ भगवती गुठी व्यवस्थापन समितिले सुरक्षाकर्मी परिचालन गरेर पूजाआजा गर्ने व्यवस्था मिलाएको छ । मन्दिरमा आज विशेष पूजा आराधना हुने भएकाले टाढाटाढाबाट भक्तजन आउने गरेका छन् । बागलुङ कालिकाको पूजा आराधना गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।
मन्दिरमा बोका, राँगा, कुखुरा लगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ । चैतेदशैंका अवसरमा लाग्ने तीन सय वर्ष पुरानो मेला पनि चैत ३० गतेदेखि सुरु भएको छ । मेला वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ । ‘गन्तव्य बागलुङ कालिका कला र संस्कृतिको प्रवर्द्धन– स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवर्द्धन’ नाराका साथ यस वर्षको चैतेदशैं मेला आयोजना गरिएको हो ।
चैतेदशैंका अवसरमा खुला राष्ट्रिय लोकदोहोरी प्रतियोगिता, खुला राष्ट्रिय भलिबल प्रतियोगितालगायतका प्रतियोगितात्मक र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । आयोजकहरूका अनुसार लोकदोहोरी प्रतियोगितामा प्रथम हुनेलाई रु दुई लाख, द्वितीयालाई रु एक लाख र तृतीय हुनेलाई रु ५० हजार पुरस्कार प्रदान गरिने छ । दोस्रो आकर्षणका रूपमा कालिका कप खुला भलिबल प्रतियोगिता आयोजना गरिएको छ । तीन लाख पुरस्कार राशिको उक्त प्रतियोगितामा द्वितीय हुनेले रु एक लाख ५० हजार र तृतीय हुनेले रु एक लाख पाउनेछन् ।
यस्तै चैत्र शुक्ल अष्टमी र रामनमवीका अवसरमा चितवनका विभिन्न शक्तिपीठमा मेला लागेको छ । विक्रमबाबा, सोमेश्वर र गोद्धकलगायत शक्तिपीठमा दर्शन गर्न र मेला भर्न आउनेको घुइँचो लागेको छ ।
चितवन राष्ट्रिय निकुञ्जस्थित कसरामा लाग्ने विक्रम बाबा मेला प्रत्येक वर्ष चैत कृष्ण औँसीमा सुरु भएर वैशाख पूर्णिमासम्म सञ्चालन हुने गरेको छ । यस वर्ष पनि चैत कृष्ण औँसीदेखि सुरु भएर वैशाख ११ गते पूर्णिमाको दिनसम्म मेला सम्पन्न हुने भरतपुर महानगरपालिका–२३ का अध्यक्ष दीपक दवाडीले जानकारी दिए । विक्रमबाबाको दर्शन गर्नाले सन्तान प्राप्ति र सुख शान्ति हुने जनविश्वास छ ।
चितवनको माडी नगरपालिका माडी–१ स्थित गोद्धक क्षेत्रमा पनि चैतेदशैं मेला सुरु भएको छ । गोद्धक क्षेत्र पर्यटन विकास समितिको आयोजना तथा थारू कल्याणकारिणी सभा क्षेत्र नं १ माडीको सहआयोजनामा अष्ट जाम पूजासहित मेला सञ्चालन गरिएको हो ।
मेलामा शिवमन्दिर, गोद्धकनाथ, भीम इनार, कुकुरनाथ, बिरालोनाथ, झण्डीडाँडा, लिम्बू छाँगाजस्ता धार्मिक सम्पदा अवलोकनका साथै विविध सांस्कृतिक कार्यक्रम, खेलकुद, परशुराम कुण्ड स्नान र भोजनगृह सञ्चालन गरिने छ ।
यसैगरी माडीको सोमेश्वरगढीमा आयोजित मेलामा भक्तजनको उल्लेख्य सहभागिता छ । मेला भर्न भारतबाट पनि मानिस आउने क्रम जारी छ । गत चैत २७ गते सुरू भएको मेला यही वैशाख ६ गते सम्पन्न हुनेछ । सोमेश्वरमा बर्सेनि लाखौँ भक्तजन आउने गरेका तथा तिनमा भारतीय नागरिकको सङ्ख्या उल्लेख्य रहेको मेला व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर पोख्रेलले जानकारी बताए ।
चैतेदशैंका अवसरमा आज माडी नगरपालिकाले बिदा दिएको छ । माडीका धार्मिक तथा पर्यटकीय क्षेत्र सोमेश्वरगढी, गोद्धक धाम, परशुराम कुण्ड, अयोध्याधाम, राममन्दिर र विक्रम बाबामा धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित मेला लाग्ने भएकाले बिदा दिइएको नगरपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्योतिष शास्त्रमा शनिदेवलाई श्रमको कारक किन मानिन्छ ?
बैशाख १९, २०८१ बुधबार
मनमैजुमा आजदेखि अजिमा जात्रा सुरु
बैशाख १०, २०८१ सोमबार
साल्पा सिलिचुङमा ‘सुम्निमा-पारुहाङ र नछुङ’को प्रतिमा स्थापना
बैशाख ९, २०८१ आइतबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
रौतहटको माधवनारायणमा आगलागी हुँदा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती
बैशाख २०, २०८१ बिहिबार
देशभर इन्टरनेट सेवामा समस्या
बैशाख २०, २०८१ बिहिबार
राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान
बैशाख २०, २०८१ बिहिबार
अधिकांशलाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर ४८ जना उपसचिवहरु सरुवा
बैशाख २०, २०८१ बिहिबार
अप्रिलमा नेपाल भित्रिने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
बैशाख २०, २०८१ बिहिबार
देशभर वन डढेलोको अवस्था विकराल बन्दै
बैशाख २०, २०८१ बिहिबार