वैशाख १९ गतेदेखि कामपाले एक महिने ‘सीप मेला’ आयोजन गर्ने
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार १४:४१:५१
४ वैशाख, काठमाडौं । काठमाडौं काठमाडौं महानगरपालिकाले यही वैशाख १९ गतेदेखि एक महिने ‘सीप मेला’ आयोजन गर्ने भएको छ । कामपाको गौरव योजना अन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौंको समृद्धि’ अन्तर्गत सीप मेला गर्न लागेको हो ।
मेलाका लागि कामपाले नेपाल तालिम तथा रोजगारी व्यवसायी महासंघसँग सहकार्य गरिएको जनाएको छ । तालिम सञ्चालन र व्यवस्थापनमा महासंघले काम गर्नेगरी कामपा सामाजिक विकास विभाग र महासंघबीच सम्झौता भइसकेको विभागका निमित्त प्रमुख बिमला कोइरालाले जानकारी दिइन् ।
उनका अनुसार वैशाख १९ गतेदेखि टुँडिखेलमा आयोजना हुने ‘सीप मेला’ बाट १० क्षेत्रका ३६ पेसासम्बन्धी दुई हजार ८१ जनालाई तालिम दिने लक्ष्य राखिएको छ ।
तालिमका प्रशिक्षक, आवश्यक पर्ने सामग्री तथा उपकरण व्यवस्थापन गर्ने, प्रयोगात्मक प्रदर्शनी गर्ने दायित्व महासंघको हुने कोइरालाले बताइन् । कामपाले स्वीकृत गरेको पाठ्यक्रममा तालिम सञ्चालन हुनेछ । तालिम सकिएपछिको दस्तावेज कामपालाई बुझाउनुपर्ने उनको भनाइ छ ।
“मेलाले, छरिएर रहेका सीपलाई एकीकृत गर्ने र सीप भएका व्यक्तिलाई रोजगारदाताको पहुँचमा पु¥याउने लक्ष्य पूरा गराउन मद्दत गर्नेछ”, प्रमुख कोइरालाले भनिन्, “१८ वर्ष उमेर पूरा भएका ५८ वर्षसम्म उमेर समूहका व्यक्तिले तालिममा सहभागी हुन पाउनेछन् ।”उनका अनुसार १५ हजार व्यक्तिलाई रोजगारमूलक तालिम दिएर पाँच हजारलाई प्रत्यक्ष रोजगार तथा स्वरोजगार बनाउने लक्ष्यसहित कार्यक्रम गर्न लागिएको हो ।
तालिममा १० क्षेत्र निर्धारण
“अहिले तर्जुमा गरिएका तालिमका क्षेत्रमध्ये हलुका सवारीसाधन एउटा हो । यसमा अटो इलेक्ट्रिक, अटो डेन्ट पेन्ट, अटो एअर कन्डिसन प्रशिक्षण राखिएका छन् । विद्युतीय सवारीसाधनमा मोटरबाइक र स्कुटर रिपेयर तालिम यसअन्तर्गत राखिएका छन्”, प्रमुख कोइरालाले भनिन् ।
निर्माण क्षेत्रअन्तर्गत सिकर्मी, टाइल एण्ड मार्बल फिटर र इलेक्ट्रिसियन तालिम हुनेछन् । हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधाअन्तर्गत चाइनिज, इन्डियन र कन्टिनेन्टल फुड, बेकरीसम्बन्धी, सूचना प्रविधिअन्तर्गत डिजिटल मार्केटिङ्, ग्राफिक्स डिजाइनिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ्, सिसीटिभी क्यामरा जडानसम्बन्धी हुने उनले जानकारी दिइन् ।
त्यस्तै, मेकानिकलमा रेफ्रिजेरेटर र एसी टेक्निसियन, आर्ट एण्ड कल्चरमा आर्ट एण्ड स्कप्चरको प्रशिक्षण, टेलरिङ, ब्यूटिसियनअन्तर्गत नेल, मेक अप, आइलेस, हेअर कट एण्ड स्टाइल हुनेछ । नवौँ क्षेत्र इन्टेरियर डिजाइनिङ् हो भने दशौँमा ग्रीन सोलुसन, प्लास्टिक रिसाइक्लिङलगायत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगर्मी बढेसँगै चितवनमा रगतको अभाव
बैशाख १८, २०८१ मंगलबार
महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग
बैशाख १७, २०८१ सोमबार
‘एक घर एक धारा’ अभियानले खुसी छन् बुडोलबासी
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको आशय स्वीकार्य छैनः अध्यक्ष लम्साल
बैशाख १८, २०८१ मंगलबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
गुल्मीमा डढेलो लगाएको आरोपमा दुईजना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
चीनद्वारा सुन्तला मौसमी चेतावनी जारी
बैशाख १८, २०८१ मंगलबार
जसपाको केन्द्रीय निर्वाचन समिति गठन
बैशाख १८, २०८१ मंगलबार
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने
बैशाख १८, २०८१ मंगलबार
राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्न ढिला गर्न नहुने : कमल थापा
बैशाख १८, २०८१ मंगलबार
सामुदायिक विद्यालयमा विद्यार्थी बढे, दुई ‘सिफ्ट’ मा सञ्चालन
बैशाख १८, २०८१ मंगलबार