अमेरिका र युरोपेली संघले इरानमाथि नयाँ प्रतिबन्ध लगाउने
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार ११:२६:५७
५ वैशाख, काठमाडौं । अमेरिका र युरोपेली संघले इरानमाथि नयाँ प्रतिबन्ध लगाउने विचार गरिरहेको बताएका छन् । अमेरिकी अर्थमन्त्री जेनेट येलेनले आगामी दिनमा यस दिशामा कदम चाल्न सकिने बताएकी छन् ।
यसैबीच, युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले यस विषयमा काम गरिरहेको बताएका छन् । इरानले गत हप्ता इजरायलमा ३०० ड्रोन र मिसाइल प्रहार गरेको थियो। इजरायलले लगभग सबै ड्रोन र मिसाइलहरू खसालेको दाबी गरेको छ।
इजरायलले शनिबार आफ्नो भूमिमा भएको आक्रमणपछि तेहरानको क्षेप्यास्त्र कार्यक्रममा प्रतिबन्ध लगाउन आफ्ना सहयोगीहरूसँग माग गरेको छ।
यस कार्यक्रममा संयुक्त राष्ट्र संघको प्रतिबन्धको म्याद अक्टोबरमा सकिएको थियो। तर, तेहरानको क्षेप्यास्त्र कार्यक्रममा अमेरिका, युरोपेली संघ र बेलायतले लगाएको प्रतिबन्ध जारी छ र नयाँ प्रतिबन्ध पनि लगाइएको छ ।
अप्रिल १ मा, सिरियामा इरानको वाणिज्य दूतावासमा हमला भएको थियो, जसमा इरानको रिभोलुसनरी गार्डका शीर्ष कमाण्डर र उनका सहायकसहित १३ जनाको मृत्यु भएको थियो। इरानले शनिबार इजरायलमा भएको आक्रमणलाई अप्रिल १ मा भएको घटनाको बदलाको रूपमा वर्णन गरेको छ।
इजरायलले अप्रिल १ मा भएको आक्रमणको जिम्मेवारी लिएको छैन। यद्यपी इजरायलले उचित समय आएपछि इरानको आक्रमणको जवाफ दिने दाबी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनद्वारा सुन्तला मौसमी चेतावनी जारी
बैशाख १८, २०८१ मंगलबार
बङ्गलादेशद्वारा हतियार प्रणालीमा एआई लागू नगर्न आह्वान
बैशाख १८, २०८१ मंगलबार
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा ९ सैनिकको मृत्यु
बैशाख १८, २०८१ मंगलबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
बैशाख १८, २०८१ मंगलबार
प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको आशय स्वीकार्य छैनः अध्यक्ष लम्साल
बैशाख १८, २०८१ मंगलबार
डोल्पाबाट निर्वाचित सबै सांसद मन्त्री !
बैशाख १८, २०८१ मंगलबार
नक्कली ड्राइभिङ लाइसेन्स बनाइदिने सरकारी कर्मचारी पक्राउ
बैशाख १८, २०८१ मंगलबार
‘पूजार सार्की’को दोस्रो गीत 'रिमै' सार्वजनिक
बैशाख १८, २०८१ मंगलबार
इन्डोनेसियाको पिटी पिएलएन नुसन्तराले नेपालमा ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
बैशाख १८, २०८१ मंगलबार
मोरङमा बच्चा जन्माएर हत्या गर्ने महिला पक्राउ
बैशाख १८, २०८१ मंगलबार
यो वर्ष आर्थिक वृद्धिदर ३.८७ प्रतिशत, अर्थतन्त्रको आकार ५७ खर्ब
बैशाख १८, २०८१ मंगलबार