फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार १४:४८:७
६ वैशाख, काठमाडौं । नेपाल प्रहरीले सुन तस्करी सम्बन्धी जाँचबुझ गर्न गठित उच्च स्तरीय आयोगले कारबाहीका लागि सिफारिस गरेका फरार अभियुक्त जीवन चलाउने विरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ । प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार महानिरीक्षकको नेतृत्वमा हुने इन्टरपोलको नेशनल कन्ट्रोल ब्यूरो काठमाडौंले इन्टरपोलको महासचिवालयलाई चलाउने विरुद्ध डिफ्यूजन नोटिस जारी गर्न पत्राचार गरिएको हो ।
समितिले चलाउनेलाई सीआईबीका प्रहरीले समातेर पनि छाडेको भन्दै कारबाही गर्न सिफारिस गरेको लामो समय पछि डिफ्युजन नोटिस जारी भएको हो । आयोगको सिफारिसपछि सीआईबीका तत्कालीन एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डीएसपीद्धय रुगम कुँवर र दुर्गा दाहाललाई सीआईबीबाट प्रहरी हेडक्वार्टर सरुवा गरिएको थियो ।
नेपाल प्रहरीको अनुरोधमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । सीआईबीले चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी भएको र उनी चाँडै पक्राउ पर्ने जनाएको छ । झण्डै ६१ किलोभन्दा बढी सुन तस्करी प्रकरणमा जोडिएका चलाउने अहिले फरार छन् । उनलाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी गर्न सीआईबीले नै पत्राचार गरेको हो ।
सुन तस्करी प्रकरणमा जोडिएका बेल्जियन नागरिक दावा छिरिङसँग चलाउनेको सम्बन्ध देखिएको थियो । राजश्व अनुसन्धान विभागले ३ साउनमा मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर ल्याएको ठूलो परिमाणको सुन बरामद गरेको थियो । उक्त समयमा बयानका क्रममा चलाउनेले नेपाल प्रहरीका अन्य अधिकारीहरूलाई पनि मुछ्ने काम गरेका थिए । तर, प्रहरीले उनको भनाइ आधारहीन भएको बताउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
आईजीपी वसन्तबहादुर कुँवर स्वदेश फिर्ता
बैशाख १९, २०८१ बुधबार
धरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
क्रिप्टो एक्सचेन्ज बिनान्सका संस्थापक झाओलाई चार महिनाको जेल सजाय
बैशाख १९, २०८१ बुधबार
लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
बैशाख १९, २०८१ बुधबार
पाल्पामा जबरजस्ती करणी गरेको अभियोगमा ७५ बर्षिय बृद्ध पक्राउ
बैशाख १९, २०८१ बुधबार
काठमाडौं नजिकै भेटियो डाँफे जोडी
बैशाख १९, २०८१ बुधबार
धादिङको तेम्बाह्यारा महभीरमा ‘हनी हन्टिङ’
बैशाख १९, २०८१ बुधबार
प्रयोग गरिएको तेलमा पकाएको खाना स्वास्थ्यका लागि हानिकारक
बैशाख १९, २०८१ बुधबार