सहसचिव अधिकारी, शर्मा र खरेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार १८:५:५१
६ वैशाख, काठमाडौं । सरकारले तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सिफारिस गरेका उनीहरुलाई बढुवा गरेको हो ।
प्रशासन सेवातर्फ रिक्त एक सचिवमा केदारनाथ शर्मा, लेखा परीक्षकतर्फ रिक्त एक सचिव (उपमहालेखा परीक्षक) मा वैकुण्ठ बहादुर अधिकारी र राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई बढुवा गरेको हो । राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी तोयम राया महालेखा परीक्षकमा नियुक्त भएसँगै रिक्त भएको सचिव पदमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशका कायममुकायम प्रमुख सचिव शर्माको नाम एकल सिफारिस भएको थियो ।
तत्कालीन कायममुकायम महालेखा परीक्षक महेश्वर काफ्ले अनिवार्य अवकाशमा गएसँगै रिक्त हुन पुगेको विशिष्ट श्रेणी (उपमहालेखा परीक्षक)मा महालेखा परीक्षकको कार्यालयका नायव महालेखा परीक्षक एवं प्रवक्ता अधिकारीको नाम एकल सिफारिस भएको थियो । सम्भाव्य उम्मेदवार नै अरू कोही नभएका कारण अधिकारीको नाम एकल सिफारिस भएको थियो ।
राष्ट्रिय मानव अधिकार आयोगले पनि लामो समयदेखि रिक्त रहेको आयोगको सचिव पदमा बढुवाका लागि सहसचिव खरेलको एकल नाम सिफारिस गरेको थियो । उनी लामो समयदेखि कामु सचिवको जिम्मेवारीमा थिए ।
निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कनबाट हुने ८० प्रतिशतका आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता २० प्रतिशतबाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस हुने व्यवस्था अनुसार वरिष्ठ सहसचिव शर्माको नाम मात्रै सिफारिस भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकसेवाको परिक्षा पास गरेर एक वर्षमा २७ सय जना बने सरकारी कर्मचारी
असोज ४, २०८१ शुक्रबार
७० जना उपसचिवसहित सामान्य प्रशासन मन्त्रालयद्वारा १२ सय माथि कर्मचारीको सरुवा
असोज ३, २०८१ बिहिबार
शीर्ष तहबाट जवाफ नआएपछि १७ राजदूतको संसदीय अनुमोदन अन्योलमा, आज समितिको बैठक
असोज ३, २०८१ बिहिबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने
असोज ५, २०८१ शनिबार
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
असोज ५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ५, २०८१ शनिबार
यस वर्ष दशैंको टीकाको साइत बिहान ११ः३६ बजे
असोज ४, २०८१ शुक्रबार
सांस्कृतिक आदानप्रदान र दिगो विकासमा पर्यटनको भूमिका महत्वपूर्णः पर्यटनमन्त्री
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार