संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार २१:९:३७
७ वैशाख, काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाक सडक आयोजनाको भौतिक प्रगति ३३.२ प्रतिशत रहेको नेपाली सेनाले जानकारी दिएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधान सेनापति प्रभुराम शर्मा, ‘फास्ट ट्रयाक’ आयोजना प्रमुख एवं सेनाका सहायक रथी विकास पोख्रेल लगायतले हालसम्म भएको प्रगति विवरण प्रस्तुत गरे ।
अहिले सेनाले पुल र टनेल निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको प्रधानसेनापति शर्माले बताए । फास्ट ट्य्राक निर्माण सम्पन्न नहुँदा लागत बढिरहेको भन्ने प्रचार भएको भन्दै सो प्रचारमा सत्यता नभएको उनको भनाइ छ । पछिल्लो समय पुल सुरुङ निर्माणलाई आफूहरूले प्राथमिकता दिएको पनि उनले बताए ।
‘पुल र टनेललाई विशेष महत्व दिएको हो । अन्य खन्ने बाटो त राति पनि खनेर सकिदिउँला । केही फरक पर्दैन । प्राविधिक रुपमा भित्तो कोपर्ने र पुल त बनाउनै पर्छ । त्यसमा जोड दिइएको कारण यहीँ हो । अहिलेसम्म बजेटभित्रै काम गर्न हामी सफल भएका छौँ । अहिलेसम्म बजेटभित्रै छौँ । त्यो पनि कट्दैन । पाँच वर्ष अगाडिको योजनामा अहिलेसम्म ठेक्का लाग्दाखेरी पनि हामीले कसरी मिलायौँ होला ? त्यो कुरा विचार गर्नुपर्छ,’ उनले भने ।
प्रधानसेनापति शर्माले फास्ट ट्य्राक निर्माण समयमै सक्नेमा आफू ढुक्क रहेको पनि बताए । ’त्यो बेलाको योजना अनुरुपको बजेटभित्रै छौँ हामी । अझ बाँकी छ पैसा । त्यसो भएको हुनाले हामीसँग कन्फिडेन्स् छ भन्न खोजेको । लागत बढेको छैन । कुनैपनि पैसा बढेको छैन । समय पनि तोकेको समयभित्रै छौँ । ठुलो आयोजनाको कामको समय कुलो बनाएको जस्तो, एउटा पुल बनाएको जस्तो हुँदैन । त्यसले अलिकति समय लिन्छ । हामी समयभित्र पनि छौँ । बजेटभित्र पनि छौँ । काम पनि भइराखेको छ,’ उनले भने। प्रधानसेनापति शर्माले काठमाडौं–तराई–मधेश द्रुतमार्गको हालसम्मको भौतिक प्रगति ३३.२ प्रतिशत रहेको बताए । आयोजनाको वित्तीय प्रगति भने ३३ प्रतिशत पुगेको उनको भनाइ छ ।
लेनडाँडाको सुरुङमार्ग ‘ब्रेक थ्रु’ गर्ने चरणमा पुगेको प्रधान सेनापति शर्माले बताए । गत चैत मसान्तसम्मको अवधिमा भौतिक प्रगति (शून्य किलोमिटरदेखि ७१ किलोमिटरसम्म) ३३.२ प्रतिशत, वित्तीय प्रगति पनि ३३ प्रतिशत भएको प्रधान सेनापति शर्माले जानकारी दिए । यस्तै आयोजना प्रमुख पोख्रेलले मकवानपुर जिल्लामा पर्ने लेनडाँडा र धेद्रे सुरुङमार्ग आगामी जेठ महिनाभित्र ‘ब्रेक थ्रु’ गर्नेगरी रातिको समयमा पनि काम भइरहेको बताए ।
धेद्रे सुरुङमार्गको लम्बाइ १.६३ किलोमिटरमध्ये हालसम्म १.३८ किलोमिटर खन्ने काम भएको र लेनडाँडाको सुरुङको लम्बाइ १.४३ किलोमिटरमध्ये हालसम्म १.३५ किलोमिटर सुरुङ खन्ने काम सकिएको उनले जानकारी दिए । आयोजना अन्तर्गत सुरुङमार्गमध्ये ३ ठाउँको सुरुङ मार्गको काम अन्तिम चरणमा पुगेको प्रधान सेनापति शर्माले जानकारी गराए । सबै सुरुङमार्गमा भएको काम झण्डै ७६ प्रतिशत सम्पन्न भएको उनको भनाइ छ ।
प्रधान सेनापति शर्माका अनुसार महादेवटार सुरुङ ६७ प्रतिशत पूरा भएको छ । यस्तै धेद्रे सुरुङको ८९ प्रतिशत काम सकिएको छ । लेनडाँडा सुरुङ बायाँतर्फको भागमा ९६ प्रतिशत काम सकिएको छ दायाँतर्फको सुरुङमा ९१ प्रतिशत काम भएको छ । निर्माण बाँकी सुरुङमध्ये चन्द्राम भीरको सुरुङको काम गर्नका लागि भर्खरमात्र ठेक्का लागेको प्रधान सेनापति शर्माले बताए ।
आयोजनाको परिमार्जित डीपीआर अन्तर्गत हाल ६ वटा सुरुङमार्गमध्ये ३ वटा निर्माणको क्रममा छन् । जसमध्ये महादेवटार सुरुङमार्गको जम्मा लम्बाइ ३.३५ किलोमिटरमध्ये हालसम्म २.१३ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ । यस्तै धेद्रे सुरुङमार्गको लम्बाइ १.६३ किलोमिटर लम्बाइमध्ये हालसम्म १.३८ किलोमिटर खन्ने काम भएको छ । लेनडाँडाको सुरुङको लम्बाइ १.४३ किलोमिटरमध्ये हालसम्म १.३५ किलोमिटर सुरुङ खन्ने काम सकिएको छ ।
‘फास्ट ट्रयाक’को ७१ किलोमिटर भागलाई काम गर्नका लागि ११ वटा प्याकेजमा छुट्याए पनि १० वटा प्याकेजमा काम भइरहेको छ भने ११ नम्बर प्याकेज खोकना क्षेत्रमा जग्गा प्राप्तिमा समस्या भएको र त्यसको समाधानका लागि पहल भइरहेको प्रधान सेनापति शर्माले बताए । उनले भने, ‘प्याकेज ११ को खोकना क्षेत्रको व्यवस्थापन गर्न बाँकी छ । त्यहाँ स्थानीयबाट जग्गा प्राप्तिका लागि पहल गर्ने काम भइरहेको छ ।’
रुख कटानका लागि पछिल्लो समय वन मन्त्रालयबाट सहजीकरण भएको र हालसम्म ३० हजार ५९१ वटा रुख कटान सम्पन्न भएको शर्माले बताए । रुख कटानमा देखिएका केही बाधा संसदीय समितिको निर्देशनपछि सहज भएको उनले जानकारी गराए । पुस यता ४ हजार ३४५ रुख कटानका लागि मन्त्रीपरिषदबाट सहजीकरण भएकोमध्ये २ हजार १८३ रुख कटान सम्पन्न भइसकेको उनले बताए ।
फास्ट ट्रयाक आयोजनास्थलभरि रहेका ८९ वटा पुलमध्ये हालसम्म ८५ स्थानका पुलका लागि ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा छ । बाँकी ४ वटा पुलका लागि जग्गा अधिग्रहणको समस्या रहेको र यी पुल खोकना खण्डमा रहेको सेनाको भनाइ छ । निर्माणाधीन अधिकांश पुलको फाउण्डेशन निर्माणको काम सम्पन्न भइसकेको छ । ८१ मिटरसम्म अग्ला पुलको फाउन्डेसन र पुल निर्माणको काम अघि बढिरहेको आयोजना प्रमुख पोखरेलले जानकारी गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका
बैशाख १९, २०८१ बुधबार
नारायणगढ–बुटवल सडकमा पचास प्रतिशत काम पूरा, ‘बेस’ र ‘सबबेस’ बनाउने काम जारी
बैशाख १९, २०८१ बुधबार
कहिले सकिन्छ बुटवल नारायणगढ सडकको काम ?
बैशाख १६, २०८१ आइतबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
सर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार
सरकारले ब्यान्डविथको भुक्तानी नतिरेका कारण भारतबाटै इन्टरनेट सेवा प्रभावित
बैशाख २०, २०८१ बिहिबार
खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
बैशाख २०, २०८१ बिहिबार
रौतहटको माधवनारायणमा आगलागी हुँदा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती
बैशाख २०, २०८१ बिहिबार
देशभर इन्टरनेट सेवामा समस्या
बैशाख २०, २०८१ बिहिबार