शरणार्थी प्रकरणका १० प्रतिवादीको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज अन्तिम सुनुवाइ
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार १२:१६:१५
९ वैशाख, काठमाडौं । नक्कली शरणार्थी प्रकरणको पुर्पक्षका लागि थुनामा रहेका १० प्रतिवादीले सर्वोच्च अदालतमा दिएको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदैछ । १० जना अभियुक्तले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए । पछिल्लो पटक चैत २५ मा न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा परेको प्रतिवादीको रिट हेर्दाहेर्दैमा राखिएको थियो ।
न्यायाधीशद्वय रेग्मी र ढुंगानाको इजलासमा पहिलो चरणमा नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका १० प्रतिवादीको मुद्दामा सुनुवाइ सुरु भएको छ । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत थुनामा रहेका १० अभियुक्तले आफूमाथि लागेको आरोपसहित पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध बन्दीप्रत्यक्षीकरण रिट दिएका थिए ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालत, काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार, महान्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं, प्रहरी प्रधान कार्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई विपक्षी बनाएर रिट दायर भएको थियो ।
बन्दीप्रत्यक्षीकरण रिट दिनेमा पूर्वगृहसचिव पाण्डे, शमशेर मियाँ, सानु भण्डारी, केशव दुलाल, सागर राई, गोविन्द चौधरी, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, डा. इन्द्रजीत राई छन् । उनीहरु काठमाडौं जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा गएका थिए । उच्च अदालतले पनि जिल्लाको आदेश सदर गरिदिएको छ । त्यसविरुद्ध उनीहरू पुनः सर्वोच्च गएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहराएका शताब्दीऔँ पुराना २४ वटा मूर्ति हवाइबाट नेपाल पठाइयो
बैशाख २१, २०८१ शुक्रबार
गृहमन्त्री लामिछानेविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गरेन
बैशाख १४, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार