चिनियाँ वैज्ञानिकहरूले पत्ता लगाए अन्टार्कटिकामा ४६ वटा सबग्लेसियल ताल
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार १४:२८:५३
९ वैशाख, साङ्घाई । चिनियाँ वैज्ञानिकहरूले एक नयाँ विश्लेषण विधि प्रयोग गरी पूर्वी अन्टार्कटिकामा बरफको पत्रमुनि ४६ वटा सबग्लेसियल ताल फेला पारेका छन् ।
अन्टार्कटिका दुई हजार चार सय मिटरभन्दा बढीको औसत मोटाइसहित विशाल बरफले ढाकिएको छ । यस बरफको पत्रमुनि असङ्ख्य सबग्लेसियल तालहरू रहेका छन् ।
पोलार रिसर्च इन्स्टिच्युट अफ चाइना (पीआरआर्यसी) को अनुसन्धान समूहका नेता ताङ जुयुआनका अनुसार पग्लिँदै गरेको बरफको धाराहरू यसको पत्रमुनिको खाडलमा बग्दा सबग्लेसियलहरू बन्छन् ।
“बरफको पत्रको गतिशीलता, पानीमुनि जम्ने प्रक्रिया, सबग्लेसियल भू–रासायनिक चक्रका साथै जीवनको विकास बुझ्नका लागि अन्टार्कटिकामा सबग्लेसियल तालहरूको अध्ययन महत्त्वपूर्ण छ”, ताङले भने ।
वैज्ञानिकहरूले भेरिएसनल अटोएनकोडर (भिएई) प्रयोग गरी बरफ राडारमा देखाइएको बरफको तल्लो प्रतिबिम्बको वेभफर्म सुविधाको विश्लेषण गर्न नयाँ विधि प्रस्तुत गरेका छन् ।
उक्त विधि प्रयोग गरेर अनुसन्धान टोलीले पूर्वी अन्टार्कटिकाका गम्बर्टसेभ सबग्लेसियल पर्वतहरूको एजिएप–एस क्षेत्रमा बरफ राडार छविको व्यापक स्क्यान गरेको छ । परम्परागत विधिहरूले पहिचान गरेकोभन्दा ज्यामितीय रूपरेखा धेरै सानो भएका ४६ वटा सबग्लेसियल तालको अस्तित्व रहेको नतिजाले देखाएको छ ।
यस नयाँ विधिले सबग्लेसियल ताल खोजको दक्षता र शुद्धतामा उल्लेखनीय सुधार गरेको र अन्टार्कटिकामा अन्य प्रकारका सबग्लेसियल वातावरण पत्ता लगाउन र लेबलिङलाई विस्तार गर्न सकिने विश्वास गरिएको छ ।
उक्त अनुसन्धान पिआरआइसी, चाइना युनिभर्सिटी अफ जियोसाइन्सेस (वुहान) र दक्षिणी विश्वविद्यालय विज्ञान तथा प्रविधिको टोलीले संयुक्तरूपमा गरेको हो । हालसम्म विश्वभरका वैज्ञानिकहरूले अन्टार्कटिक बरफको पत्रमुनि कूल छ सय ७५ सबग्लेसियल ताल पत्ता लगाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रसंघका विज्ञद्वारा इजरायलविरुद्ध प्रतिबन्धित हतियारमा प्रतिबन्ध लगाउन आह्वान
जेठ १७, २०८१ बिहिबार
उत्तर कोरियाद्वारा जापानी समुद्र क्षेत्रमा क्षेप्यास्त्र प्रहार
जेठ १७, २०८१ बिहिबार
गाजा युद्ध थप सात महिना जारी रहने इजरायलको चेतावनी
जेठ १७, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकको पार्टनर फर प्रोग्रेस भिडियो प्रतियोगिता
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकका ग्राहकलाई अनमोल डेण्टलका सेवाहरुमा १५% सम्मको आकर्षक छुट
जेठ १७, २०८१ बिहिबार
तापक्रममा ‘रेकर्ड ब्रेक’ : वर्षकै सबैभन्दा बढी नेपालगञ्जमा ४४.२ डिग्री
जेठ १७, २०८१ बिहिबार
बजेट पारदर्शितामा नेपाल ५८ औं स्थानमा
जेठ १७, २०८१ बिहिबार
मधेस प्रदेश सरकारको बेरुजु एक अर्ब ५९ करोड
जेठ १७, २०८१ बिहिबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार