अनुसन्धानका क्रममा रहेका विषयको समाचार लेख्दा संयम बन्नुहोस् : नेपाल प्रहरी
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार १६:५९:३४
९ वैशाख, काठमाडौँ । नेपाल प्रहरीले अनुसन्धानका क्रममा रहेका विषयको समाचार लेख्दा संयम बन्न आग्रह गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागले आज यहाँ आयोजना गरेको ‘आपराधिक घटनाको समाचार सम्प्रेषण’सम्बन्धी सञ्चारकर्मीसँग गरेको अन्तक्र्रियामा अपराध अनुसन्धानका क्रममा रहेका घटनाको समाचार लेख्दा संयम बन्नुपर्नेमा जोड दिइयो ।
अपराध अनुसन्धान विभागका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले आंशकाका भरमा कसैको सङ्लग्नताबारे समाचार सम्प्रेषण गर्दा भ्रम सिर्जना हुने भन्दै यस्ता प्रकृतिका समाचार सम्प्रेषणमा विशेष ध्यान दिनुपर्ने बताए ।
“तथ्यमा आधारित नभएका समाचार जथाभावी रुपमा सम्प्रेषण गर्दा आम जनताप्रति भ्रम सिर्जना भएको छ, यस्ता समाचार सम्प्रेषणमा विशेष ध्यान दिन जरुरी छ”, उनले भने । एआईजी तामाङले प्रहरीले आम जनसरोकारका विषय सञ्चारमाध्यमलाई प्रदान गर्दैै आइरहेको उल्लेख गरे ।
नेपाल प्रेस काउन्सिलका आचारसंहिता अनुगमन शाखा प्रमुख महेन्द्रराज सिंहले काउन्सिलले प्रेस काउन्सिल ऐन २०४८ बमोजिम आचारसंहिता निर्माण गरी सञ्चारमाध्यमको अनुगमन गर्दै आइरहेको उल्लेख गरे । “जनशक्तिले भ्याएसम्म आचारसंहिता उल्लङ्घन गर्दै आएका सञ्चारमाध्यमलाई प्रेस काउन्सिलले कारबाही गर्दै आइरहेको छ” उनले भने ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी शाखा अधिकृत शारदा चालिसेले सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषणमा मन्त्रालयले काम गरिरहेको बताए । उनले सञ्चार मन्त्रालयले मन्त्रिपरिषद्का निर्णयलाई आम जनतासमक्ष पु¥याउनका नियमित पत्रकार सम्मेलन गर्दै आइरहेको उल्लेख गरे ।
कार्यक्रममा उपस्थित सञ्चारकर्मीले सूचना लुकाउँदा आम जनताको सुसूचित हुने हकको हनन हुने भएकाले समाचार दिँदा कन्जुस्याईँ गर्न नहुनेमा जोड दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भक्तपुरमा इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार