ताइवानमा ८० भन्दा बढी भूकम्पको धक्का
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार ८:४४:११
११ वैशाख, काठमाडौं । ताइवानमा फेरी भूकम्प गएको छ । गएराती ताइवानको पूर्वी तटीय क्षेत्रमा ८० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । तीमध्ये सबैभन्दा बढी ६ दशमलव ३ र ६ रेक्टर स्केल मापन गरिएको थियो ।
भूकम्पको केन्द्रविन्दु पूर्वी काउन्टी हुआलियनमा जमिनबाट ५.५ किलोमिटर तल रहेको मौसम विभागले जनाएको छ । भूकम्पबाट हुआलीएनमा दुईवटा भवन भूकम्पबाट क्षतिग्रस्त भएको र एउटा भवन भत्किएको बताइएको छ । जापान, चीन र फिलिपिन्समा पनि हल्का भूकम्पको धक्का महसुस गरिएको थियो ।
यसअघि अप्रिल ३ मा ताइवानमा ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो जसमा १४ जनाको मृत्यु भएको थियो । त्यसबेला हुआलियन सहरमा पनि भूकम्प गएको थियो । यसको केन्द्र पृथ्वीबाट ३४ किलोमिटर तल थियो ।
ताइवानको केन्द्रीय मौसम ब्यूरोका अनुसार यो २५ वर्षयता ताइवानमा आएको सबैभन्दा शक्तिशाली भूकम्प हो । ताइवान टेक्टोनिक प्लेटहरूको संगममा अवस्थित छ । ताइवान दुई टेक्टोनिक प्लेटको संगममा अवस्थित एउटा देश हो, जसलाई भूकम्पका लागि संवेदनशील मानिन्छ ।
सन् २०१६ मा दक्षिणी ताइवानमा गएको भूकम्पमा परी १०० जनाभन्दा बढीको मृत्यु भएको थियो । यसअघि सन् १९९९ मा ७.३ म्याग्निच्युडको भूकम्पमा २ हजारभन्दा बढीको ज्यान गएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न
बैशाख २१, २०८१ शुक्रबार
सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा
बैशाख २१, २०८१ शुक्रबार
मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’ का रुपमा घोषणा गर्ने
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार