टुलुज फेस्टिभलमा उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार १२:२४:३६
११ वैशाख, काठमाडौं। बलिउडका निर्देशक विधु विनोद चोपडाको निर्देशनमा बनेको विक्रान्त मेसी र मेधा शंकर अभिनित फिल्म ‘१२ फेल’ ले दर्शकको माया र अवार्ड पाउनेक्रम जारी रहेको छ ।
फिल्मले उत्कृष्ट समीक्षा र अपार प्रशंसा पाएसँगै अब यस फिल्मले अर्को अर्को उपाधि जितेको छ । यो फिल्मले टुलुज फिल्म फेस्टिभलको ९औं संस्करणमा भारतभरका सबै भाषाका अन्य १५ फिल्ममा मनोनयनमा परेपछि उत्कृष्ट फिल्मको अवार्ड जितेको छ ।
फिल्म ‘१२ फेल’ ले टुलुज फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड प्राप्त गरेको छ । फिल्मका निर्माता–निर्देशक विधु विनोद चोपडाको टोलीले यो जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘१२ फेललाई टुलुज फिल्म फेस्टिभलमा भारतीय सिनेमा वर्गमा उत्कृष्ट फिल्मको उपाधि दिइएको छ । यो मायाको लागि सबैलाई धन्यवाद ।'
फिल्मले हालै हलमा रिलिजको २५ हप्ता पूरा गरेको छ र अब चीनमा पनि रिलिज हुने तयारीमा छ । विधु विनोद चोपडाको यो फिल्म अनुराग पाठकले लेखेको सोही नामको पुस्तकमा आधारित छ, जसमा भारतीय प्रहरी सेवाका अधिकृत मनोज कुमार शर्माको चरम गरिबीबाट उठेर आईपीएस अफिसर बन्ने वास्तविक कथा देखाइएको छ । फिल्मले मनोज शर्माको संघर्ष र उनको जीवनमा उनको आईआरएस अफिसर पत्नी श्रद्धा जोशीको महत्व देखाउँछ ।
गत वर्षको हिट फिल्ममध्ये एक १२ फेलले बक्स अफिसमा करिब ६० करोड भारु कमाएको थियो । कम बजेटमा बनेको यो फिल्मलाई दर्शकसँगै समीक्षकले पनि निकै रुचाएका छन् । यसले आइएमडीबीमा ९।२ रेटिङ पनि पाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसलमानको घर बाहिर गोली हान्ने आरोपीले हिरासतमा गरे आत्महत्या !
बैशाख १९, २०८१ बुधबार
जोली एलएलबी ३ को छायांकन राजस्थानमा हुने
बैशाख १६, २०८१ आइतबार
मुम्बईको अदालतले दियो रवि किशनलाई ठूलो राहत, डीएनए परीक्षण गर्न अस्वीकार
बैशाख १४, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार