सुगरको तह २१७ पुगेपछि केजरीवाललाई जेलमा इन्सुलिन दिइयो
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार १४:२८:२८
११ वैशाख, काठमाडौं । जेलमा रहेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पहिलो पटक जेलमा इन्सुलिन दिइएको छ । केजरीवाललाई सुगर रोगका कारण इन्सुलिन दिइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
यस अघि केजरीवालले जमानत पाउने आशामा सुगर भएको दाबि गरेको बताउँदै विवाद भएको थियो । आम आदमी पार्टीका विधायक तथा दिल्ली सरकारका मन्त्री सौरभ भारद्वाजले केजरीवाललाई जेलमा इन्सुलिन दिएको जानकारी दिँदै मुख्यमन्त्री सहि भएको प्रमाणित भएको बताएका छन् ।
जेलका अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले केजरीवाललाई एम्सका डाक्टरहरूको सल्लाहमा सोमबार साँझ कम डोज इन्सुलिन दिइएको बताएको छ । सोमबार साँझ केजरीवालको सुगरको तह २१७ पुगेको अधिकारीहरूले जनाएपछि डाक्टरहरूले उनलाई इन्सुलिन दिने निर्णय गरेका थिए ।
यसअघि सीएम केजरीवालले तिहाड जेलका सुपरिटेन्डेन्टलाई चिठ्ठी लेखेर उच्च सुगर भएपनि इन्सुलिन नपाएको बताएका थिए ।यसअघि सोमबार केजरीवालले आफ्नो स्वास्थ्य परीक्षण गर्न हरेक दिन १५ मिनेट डाक्टरसँग परामर्शको अनुमति मागे पनि अदालतले सो अनुमति दिन अस्वीकार गरेको थियो ।
त्यस्तै प्रवर्तन निर्देशनालय 'इडी' ले केजरीवालले सुगरको लेभल बढाउन र जमानत पाउन जेलमा आप र मिठाइ खाइरहेको आरोप लगाएको थियो । केजरीवाललाई मदिरा नीतिमा कथित घोटालाको आरोपमा मार्च २१ मा प्रवर्तन निर्देशनालयले पक्राउ गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न
बैशाख २१, २०८१ शुक्रबार
सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा
बैशाख २१, २०८१ शुक्रबार
मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’ का रुपमा घोषणा गर्ने
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
राजनीति प्रभावित अर्थतन्त्र उकास्न अर्थमन्त्रीले कस्तो हिम्मत गर्ने होलान् ?
बैशाख २२, २०८१ शनिबार
ठेकी निर्माण गर्दै
बैशाख २२, २०८१ शनिबार
एमाले अनिर्णित हुँदा मुख्यमन्त्री सोडारी संकटमा, आज पनि विश्वासको मत लिने तयारी
बैशाख २२, २०८१ शनिबार
अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै सरकार
बैशाख २२, २०८१ शनिबार