रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार १६:४७:४३
१३ वैशाख, मस्को । रुसका उपविदेशमन्त्री सर्गेई र्याबकोभले बिहीबार नेटो आणविक केन्द्रहरू स्थायीरूपमा पोल्याण्डको भूभागमा अवस्थित भएमा रुसका लागि ती सैन्य लक्ष्य बन्ने सक्ने चेतावनी दिएका छन् ।
“संयुक्त नाटो आणविक मिसनको अभ्यासको विस्तारमा कुनै पनि मुलुक यो अभ्यासमा सम्मिलित हुनसक्ने भए पनि यो विशुद्धरूपमा अस्थिर प्रकृति हो र धम्कीपूर्ण हो”, रुसको तास समाचार समितिसँगको अन्तरवार्तामा उनले भने ।
उनले रुसी सीमा नजिकै नाटो मुलुकहरूले गर्ने आणविक मिसनको दृष्टिकोणले सुरक्षा खतरा बढाउने बताए । “वार्सामा छलफल भइरहेको स्थायी तैनाथीका बारेमा मैले कुरा गरिरहेको छैन, त्यसैले पोल्याण्ड र बाहिर योजनाका बारेमा उत्साहपूर्वक छलफल गरिरहेका ती सबै राजनीतिज्ञहरूले ‘परिवर्तनले पोल्याण्डको सुरक्षामा कुनै वृद्धि हुँदैन तर सम्बन्धित केन्द्रहरू निश्चितरूपमा लक्ष्य बन्नेछन् र ती हाम्रा सैन्य योजनामा सबैभन्दा अगाडि हुनेछन्’ भनेर बुझ्नुपर्छ”, उनले भने ।
उनले पोल्याण्डमा नाटो आणविक केन्द्रहरू तैनाथ गर्नेबारे भइरहेको छलफललाई ‘विकसित हुँदै गरेको कथा’ का रूपमा उल्लेख गरे । “वार्साले यो विषयलाई कसरी सम्बोधन गर्नेछ भनेर मस्कोले नजिकबाट नियालिरहेको छ”, उनले भने ।
पोलिस राष्ट्रपति आन्द्रेज डुडाले सोमबार फक्त अखबारसँगको अन्तरवार्तामा पोलिस अधिकारीहरूले नाटोको आणविक साझा व्यवस्थाको ढाँचाभित्र पोल्याण्डमा आणविक हतियार तैनाथ गर्ने सम्भावनामा अमेरिकासँग बारम्बार छलफल गरेको र आवश्यक भएमा तयारी अवस्थामा रहेको अभिव्यक्ति दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न
बैशाख २१, २०८१ शुक्रबार
सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा
बैशाख २१, २०८१ शुक्रबार
मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’ का रुपमा घोषणा गर्ने
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी
बैशाख २३, २०८१ आइतबार
ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो
बैशाख २३, २०८१ आइतबार
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै
बैशाख २३, २०८१ आइतबार
जनकपुर–जयनगर रेलसेवा आजदेखि ३ दिनका लागि बन्द
बैशाख २३, २०८१ आइतबार
आजको मौसम : पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरी आउन सक्ने
बैशाख २३, २०८१ आइतबार
जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै
बैशाख २३, २०८१ आइतबार