मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय, फाष्ट ट्रयाकबाट कानुन बनाउने
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार १७:२८:२९
१३ वैशाख, काठमाडौं । विपक्षी राजनीतिक दल, सञ्चारमाध्यम र सडकदेखि चिया पसलसम्म सरकारको आलोचना हुन थालेपछि सहकारी ठगीको विषय मन्त्रिपरिषदमा छिरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकमा सहकारी सम्बन्धी छलफल भएको छ । सञ्चारमन्त्री रेखा शर्माले बैठकमा सहकारीमा देखिएको समस्या समाधानका विषयमा गम्भीरतापूर्वक छलफल भएको बताइन् ।
सरकारले विद्यमान कानुन र संरचनाबाट सहकारीको समस्या समाधान गर्न सम्भव नभएको निष्कर्ष निकालेको छ । सहकारी पीडितको समस्या सम्बोधन गर्न फास्ट ट्र्याकबाट कानुन बनाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको सिंहदरबारमा मन्त्रिपरिषद बैकमा सहकारीको समस्याबारे छलफल भएको थियो । नियमित प्रक्रियाबाट समस्या समाधान हुँदैन भन्नेमा मन्त्रिपरिषद् एकमत देखिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
पछिल्लो समय सहकारीले बचतकर्ताको बचत नै फिर्ता गर्न नसकेको अवस्था छ । अधिकांश सहकारी समस्यामा पर्दा सरकारले अब भने कानून नै बनाएर समस्या समाधान गर्ने बताएको छ । पहिला पनि संयन्त्र बनाउने छलफल गर्ने काम भएको थियो । तर त्यसले समस्या मात्र देखाउन समाधान भने हुन सकेको थिएन् ।
अब भने सामान्य नियमित प्रक्रियाबाट समस्या समाधान हुँदैन भनेर छिटो भन्दा छिटो कानुनी व्यवस्था गर्ने मन्त्री शर्माले बताइन् । सहकारी समस्या हल गर्न कानुन र संरचना फास्ट ट्र्याकबाट ल्याउने सहमति मन्त्रीहरू बिच भएको उनले बताइन् । सामान्य र नियमित प्रक्रियाबाट सहकारी समस्या समाधान नहुने उनको भनाइ छ ।
‘विद्यमान कानूनबाट पनि यो सम्भव छैन, विद्यमान संरचनाबाट पनि यो सम्भव छैन त्यसकारण छिटोभन्दा छिटो कानूनी व्यवस्था पनि गर्नुपर्छ,’ उनले भनिन्, ‘आवश्यक प¥यो भने संरचना पनि बनाउनुपर्छ। सहकारी पीडितका समस्यालाई छिटोभन्दा छिटो हल गर्नुपर्छ भन्नेमा गम्भीरतापूर्वक छलफल भएको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक सयको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयप्रति भारतले राख्यो चासो
बैशाख २३, २०८१ आइतबार
जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै
बैशाख २३, २०८१ आइतबार
एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ: नेता कोइराला
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
फुतफुते झरनामा पर्यटकको चहलपहल
बैशाख २३, २०८१ आइतबार
ढकमक्क फुलेको गुलमोहर फूल
बैशाख २३, २०८१ आइतबार
भिर फुटाएर खोलिएको नयाँ ट्रयाक
बैशाख २३, २०८१ आइतबार
हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने
बैशाख २३, २०८१ आइतबार
मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर
बैशाख २३, २०८१ आइतबार
सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्न नमिल्नेमा
बैशाख २३, २०८१ आइतबार