भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार १७:४९:२१
१३ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टी परित्यागको संकेत गरेका छन् । उनले आफू राजनीतिक घुम्तिको नयाँ मोडमा पुगेको बताएका छन् । नेकपा एमालेको माथिल्लो तहमा पुगेका उनी केहि वर्षदेखि अध्यक्ष केपी शर्मा ओलीको पेलाइमा परेका छन् । हाल उनी नेकपा एमालेमै छन कि छैनन भन्ने प्रश्न पनि उठिरहेको छ ।
पार्टी नेृत्वले एकपछि अर्को गर्दै बाइपास गर्दै डिलमा धकेलेपछि आज नेता भीम रावलले काठमाडौंमा पत्रकार सम्मेलन राखेर आफूमा मोडमा पुगेको बताएका छन् । तर, उनको घुम्तीबाट घर फर्कने कि घाट लाग्ने भन्ने निश्चत छैन् । रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै असन्तुष्टि पोखे ।
उनले आफू १० औँ महाधिवेशनमा अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेकै कारण महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई निषेध गरेको दुखेसो गरे । पार्टी नेतृत्वको व्यवहार सहेर यहाँसम्म आइपुगेको उल्लेख गर्दै अब आफू गम्भीर मोडमा पुगेको सुनाए ।
उनले भने, ‘यहाँभन्दा अगाडिको मैले सबै सहेर आएको छ, गोदावरीको अधिवेशनमा उहाँहरूले जुन प्रकारको व्यवहार गर्नुभएको छ। मैले के सोचेको छु भने अब मलाई राजनीतिक जीवनको एउटा मोडमा धकेलिएको जस्तो महसुस भएको छ । एउटा घुम्तीमा पुगेको जस्तो महसुस गरेको छु । अब त्यो घुम्तीमा पुग्दाखेरि हामी सबैलाई थाहा छ ।’
सामान्य जीवनमा पनि मान्छे घुम्तीमा पुगेपछि एमाले छाड्ने संकेत गर्दै त्यो घुम्तीबाट मान्छे अर्को मोडमा जाने विश्लेषण सुनाए । रावलले थपे, ‘कतै उहाँहरूले मलाई त्यो घुम्तीमा पुर्याएर अर्को मोडमा जाओस् भन्ने दुराशयका साथ यो काम गरिरहेको हो कि भन्ने महसुस गरेको छु । त्यस कारण अब म त्यो घुम्तीमा पुगेको छु भने भविष्यमा त्यो मोड कस्तो हुने छ भन्ने कुरा फेरि त्यो कुरामा आउनेछु ।’
एमाले ललितपुरको गोदावरीमा भएको पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई परिचय पत्र समेत उपलब्ध नगराउने काम भएको भन्दै रावलले अब आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताए । ‘गोदावरीको अधिवेशनमा उहाँहरूले जुन प्रकारको व्यवहार गर्नुभएको छ । मैले के सोचेको छु भने राजनीतिक जीवनको एउटा मोडमा धकेलिएको जस्तो महसुस भएको छ’, रावलले बिहीबार राजधानीमा आयोजित कार्यक्रममा भने ।
घुम्तीमा पुगिसकेपछि सामान्य मान्छे पनि अर्को मोडतिर लाग्न सक्ने उल्लेख गर्दै रावलले आफ्नो हकमा पनि त्यही हुनसक्ने भन्दै एमाले छाड्न सक्ने संकेत गरे । ‘एउटा घुम्तीमा पुगेको जस्तो मैले महसुस गरेको छु । त्यो घुम्ती पुग्दा जोसुकै पनि अर्को मोडमा लाग्न सक्छ’, उनले भने, ‘भविष्यमा त्यो मोड कस्तो हुने छ भन्ने कुरा फेरि बताउने नै छु ।’
आफू विधि र नेपालको राष्ट्रिय हितको पक्षमा उभिँदा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा सहभागी हुनबाट वञ्चित गराइएको पनि उनले दाबी गरे । उनले आजै पार्टी छाडेको घोषणा नगरेपछि मोड कता लाग्छ भन्ने चाँडै बताउने बताए । उनले भने, ‘मैले आज एमाले छोड्ने घोषणा गरेको छैन । घुम्तीमा धकेलिएको छ, अब घुम्तीबाट अर्को मोडमा जाँदा कतातिर गइन्छ म भन्छु भनेको छु ।’
उनले एमालेको गोदावरी बैठकमा जबज र एमालेको परम्परा विपरीत गतिविधि भएको जिकिर गर्दै जान नपाएको पीडा नसुनाएको बताए । सम्मेलनमा उनलाई एमाले छाडेर नयाँ पार्टी खोलेर अघि बढ्ने सम्भावनाबारे पनि सोधेका थिए ।
त्यसको जवाफ दिँदै उनले भने, ‘मैले विगतमा पनि राष्ट्रिय हितलाई सर्वोपरि राखेर हाम्रो राजनीति परराष्ट्रनीति, शासकीय स्वरूप, सुरक्षा, कृषि नीति लगायत हाम्रो राष्ट्रको हितलाई सर्वोपरि राखेर एउटा रूपरेखा कोर्न सकिन्छ भनेको छु। र, हाम्रो पार्टीको १० औँ महाधिवेशनको बेलामा मैले एउटा घोषण पत्र जारी गरेको थिएँ, त्यसमा नेपाललाई कसरी अगाडि लैजान सकिन्छ भनेर दूर दृष्टिकोण राखेको थिएँ, त्यसमा म अहिले पनि दृढ छु ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली–नेपालबीच दूरी बढ्यो, सुदुरपश्चिम प्रदेश सरकारको भविष्य अन्यौलमा
बैशाख २२, २०८१ शनिबार
एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ: नेता कोइराला
बैशाख २२, २०८१ शनिबार
कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार
मकवानपुरमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको निधन
बैशाख २२, २०८१ शनिबार
ओली–नेपालबीच दूरी बढ्यो, सुदुरपश्चिम प्रदेश सरकारको भविष्य अन्यौलमा
बैशाख २२, २०८१ शनिबार
वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २२, २०८१ शनिबार
एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ: नेता कोइराला
बैशाख २२, २०८१ शनिबार
कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण
बैशाख २२, २०८१ शनिबार