व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
नेपालबहस संवाददाता
बैशाख १५, २०८१ शनिबार १४:०:२०
१५ वैशाख, काठमाडौं । घरानियाँ व्यवसायीका रुपमा चिनिएका चौधरी समूह र ज्योति समूहबीच नेपालमा वार्षिक अर्बाैंको कारोबार हुने मोटरसाइकलको बजार र कारोबारलाई लिएर चर्किएको विवाद यतिबेला छताछुल्ल भएको छ । चौधरी समूहले नेपालबाट हिरो मोटरका नाममा हुने सबै किसिमका कारोबारबाट ज्योति समूहलाई हात धुनुपर्ने अवस्थामा पुर्याएपछि उनीहरूबीचको विवाद बाहिर आएको हो ।
चौधरी समूहका अध्यक्ष विनोद चौधरीले आफ्नो व्यवसायको प्रभाव र भारतसँग नाता सम्बन्ध रहेको भन्दै भारतीय मोटोकर्प कम्पनीसँग मिलेर ज्योति समूहले धेरै अगाडिदेखि नेपालमा गर्दै आएको हिरो मोटर साइकल, स्कुटर र यसका सबै पार्टपुर्जाको व्यापार खोसेका छन् । चौधरीकै दवावमा भारतीय मोटाेकर्प कम्पनीले ज्योति समूहसँग गर्दै आएको कारोबारको करार सम्झौता तोडेर चौधरी समूहको सिजी मोर्टसलाई दिएको छ । चौधरीको यो व्यावसायिक बेइमानीले ज्योति समूहलाई अर्बौंको कारोबार हुने यो व्यवसायबाट हात धुनुपर्ने अवस्था सिर्जना भएको छ ।
यतिबेला उनीहरुको यो लडाइको मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ । अदालतले मोटोकर्पले सन २०२७ सम्म रहेको सम्झौता तोडेको विषयमा कस्तो फैसला दिने हो, त्यसमा ज्योति समूहकाे भविष्य निर्भर रहनेछ । अन्यथा यसअघि ज्योति समूहले गर्दै आएको हिरो मोटर सम्बन्धिका सबै व्यवसायीक काम चौधरी समूहको सिजी मोर्टसमा आउने छन र सिजीले हिरो मोटरसाइकलको नेपाली बजारमा एक छत्र राज गर्ने देखिएको छ । चौधरी समूहले यसअघि पनि यस्ता धेरै व्यवसायीक बेइमानी गर्दै आएको बताइएकाे छ ।
उच्च अदालत पाटनमा दुई समूहबीच भएको लडाइलाई नजिकबाट हेरिरहेका एक कानुन व्यवसायीले नेपालबहसलाई दिएको जानकारी अनुसार यसबारे अदालतमा भोलि आइतबार पेशी छ । फैसला आफ्नो पक्षमा पार्न दुबै समूह लागि परेका छन् । चौधरी समूहले सबै खालका मापदण्ड अपनाएको छ । चौधरी समूह कुनै पनि हालतमा भर्खरै भएको भारतीय कम्पनी मोटाकर्पसँगको सम्झौतालाई कानुनी रुपमा पनि आफ्नो पक्षबाट बाहिर जान दिने पक्षमा देखिएको छैन ।
प्राप्त समाचार अनुसार हिरो मोटोकर्प लिमिटेड भारतीय कम्पनी हो । भारतमा रहेको यस कम्पनीले विश्व बजारमा आफ्ना उत्पादन दिँदै आएको छ । भारतमा रहेको यो कम्पनीबाट नेपालमा हुने कारोबार प्रविन साह नामका व्यक्तिले हेर्दै आएका छन । ज्योति समूहबाट यो कारोबार खोस्न यिनै साहसँग मिलेर चौधरी समूहका अध्यक्ष विनोद चौधरीले भारतमै पनि ठूलो रकम खर्चिएको बताइएको छ । पछिल्लो समय मोटोकर्पका तर्फबाट नेपालमा रहेको ज्योति समूहको कम्पनी नेपाल जनरल मार्केटिङसँग गरेको करार सम्झौता नवीकरण गरेको माटोकर्पले बीचमै आएर भंग गरेको हाे ।
सन २०२२ अगष्टमा मोटोकर्पका तर्फबाट पराग अग्रवालले सम्झौतामा नविकरणमा हस्ताक्षर गरेका छन् । अहिले आएर भारतीय मोटोकर्प कम्पनीले ज्योति समूहको नेपाल जनरल मार्कटिङसँग करार सम्झौता तोडेर सिजी मोर्टसलाई दिएको छ । नेपाल जनरल मार्केटिङलाई ज्योति समूहका अभिक ज्योति र सुरुची ज्योतीले हेर्दै आएका थिए । अब सिजी मोर्टसले यसलाई खोसेर ल्याएपछि चौधरी समूहका तर्फबाट निर्भाना चौधरीले हेर्ने छिन् ।
चौधरीको दवावमा भारतीय कम्पनी मोटाकर्पले ज्योति समूहको नेपाल जनरल मार्केटिङसँग यसअघि गरेको करार सम्झौता तोडेर सिजी मोर्टससँग करार सम्झौता गरेपछि यसको खुशियालीमा सिजी मोर्टसका तर्फबाट निर्भाना चौधरीले नेपालमा ठूलो पार्टीको आयोजना गरेकी थिइन् । २१ अप्रिल २०२४ का दिन आइतबार होटल रेडिसनमा दिउँसो ३ बजे कार्यक्रम राखेर चौधरी समूहको पहिलो हिरो मोटरसाइकल उद्घाटन र मोटोकर्पसँग पार्टनरसीप भएकोमा पार्टी आयोजना गरिएको थियो । यो पार्टी चौधरी समूहको सिजी मोटर्सले आयोजना गरेको हो । यसको एमडी निर्भाना चौधरी हुन् ।
मोटोकर्प कम्पनीले नेपालको जनरल मार्कटिङ प्रालिलाई विगत लामो समयदेखि हिरो मोटर साइकल, स्कुटर र यसका पार्टपुर्जाको बिक्री गर्न आधिकारिता दिएको थियो । यो सम्झौता २०२७ सम्म भएको बताइएको छ । अहिले आएर उसले सम्झौता रद्द गर्दै चौधरी समूहको सिजी मोर्टसलाई दिएपछि ज्योति समूह कानुनी उपचारमा लागेको हो । यदि कानुनी उपचार नपाए चौधरीका कारण ज्याति समूहले अरबौंको कारोबार हुने हिरो मोटरसाइकल र यसका पार्टपुर्जाको व्यवसायबाट हात धुनुपर्ने देखिएको छ ।
अन्य व्यवसायभन्दा यसबाट राम्रो मुनाफा गर्दै आएको ज्योति समूहमा चौधरी समूहको यो आक्रमणले ठूलै क्षति पुर्याउने देखिएको छ । यसको कारोबार गरे बापत राज्यलाई तिर्नुपर्ने कर मात्रै पनि अर्ब माथि हुन्छ । यही व्यवसायका कारण ज्योति समूहको नाम पनि बढी राजश्व बुझाउनेमा पर्दै आएको थियो । अब यसलाई पनि चौधरी समूहले खोसेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइ भी नेपाल मोटर्सको ल्यायो भ्यालेन्टाइन स्किम
फागुन १, २०८० मंगलबार
टोयोटाले बढायो वार्षिक खुद नाफा प्रक्षेपण
माघ २३, २०८० मंगलबार
हुवावेको नयाँ स्मार्टफोन आउँदै, आइफोन १६ सँग प्रतिस्पर्धा गर्ने
माघ २१, २०८० आइतबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार
महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक संघसंस्थाहरूलाई सहायता वितरण
बैशाख २७, २०८१ बिहिबार
प्रहरी अतिरिक्त महानिरीक्षकमा जोशी र ढकाललाई बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख २७, २०८१ बिहिबार
कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई जना विना विभागीय मन्त्री नियुक्त
बैशाख २७, २०८१ बिहिबार
मोरङ प्रहरीले पक्राउ गर्यो ठूलो परिणाममा लागूऔषध गाँजा
बैशाख २७, २०८१ बिहिबार
सरकारको नीति तथा कार्यक्रम जेठ १ गते आउने
बैशाख २७, २०८१ बिहिबार