लगानीकर्ताको स्वागतमा काठमाडौं
नेपालबहस संवाददाता
बैशाख १५, २०८१ शनिबार १८:४८:१
१५ वैशाख, काठमाडौं । मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याएर आर्थिक समुन्नति हासिल गर्ने उद्देश्यका साथ नेपाल सरकारको आयोजनामा आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन हुँदैछ । सम्मेलनमा विभिन्न क्षेत्रका करिब एक सय ५० परियोजना प्रस्तुत गर्ने तयारी गरिएको छ ।
‘इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समिट–२०२४’ मा करिब आठ सय विदेशी र चार सय नेपाली लगानीकर्ताले सहभागिता जनाउने नेपाल लगानी बोर्डले जनाएको छ । स्वदेश तथा विदेशका लगानीकर्ता काठमाडौँ आउने क्रम जारी छ ।
दुई दिनसम्म चल्ने सो सम्मेलनमा १० सत्र सञ्चालन हुनेछन् । पचासभन्दा बढी वक्ता रहने सो सम्मेलनमा एक हजार बढीको सहभागिता रहनेछ । विदेशी तथा स्वदेशी लगानीकर्तालाई सम्मेलनमार्फत नेपाल लगानीका लागि आकर्षक गन्तव्यका रुपमा रहेको सन्देश दिइने लगानी बोर्डले जनाएको छ ।
लगानीकर्ताको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सम्मेलनस्थल ताहचलको सोल्टी होटलसम्म स्वागतद्वार निर्माण गरिएका छन् । त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल, नयाँ बानेश्वर, थापाथली, त्रिपुरेश्वर, टेकुलगायत सडकमा ‘लगानीकर्तालाई नेपालमा स्वागत छ’ नारा लेखिएका ब्यानर अङ्कित स्वागतद्वार राखिएका छन् ।
सम्मेलनमा नेपाल सरकार आयोजक र नेपालका निजी क्षेत्र सहआयोजकका रुपमा रहेको छ । स्वागतमा राखिएका ब्यानरमा नेपाल सरकार आयोजक तथा निजी क्षेत्रका छाता सङ्गठनहरु नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्स सहआयोजकका रुपमा उल्लेख गरिएको छ । सम्मेलनको सचिवालयको जिम्मेवारी लगानी बोर्डको कार्यालयलाई दिइएको छ ।
पर्याप्त पूँजी, प्रविधि तथा मानव संसाधनका लागि सरकार र निजी क्षेत्रका साथै बाह्य लगानी आवश्यक भएकाले देशको समग्र विकासमा योगदान गर्ने ठानिएका ती परियोजना सम्मेलनमा प्रस्तुत गर्ने तयारी छ । सम्मेलनामा सबैभन्दा धेरै ऊर्जा क्षेत्रका ३१ आयोजना समावेश गरिएका छन् ।
बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार यातायात क्षेत्रका १९, खानी तथा खनिजजन्य क्षेत्रका १३, पर्यटन क्षेत्रका १३, कृषिका १४, उत्पादन क्षेत्रका पाँच, औद्योगिक पूर्वाधार तथा व्यापारसम्बन्धी सात, स्वास्थ्य तथा शिक्षा क्षेत्रका तीन, सञ्चार तथा सूचना प्रविधि क्षेत्रका दुई, पानी आपूर्तिका चार र सहरी विकास क्षेत्रका ६ परियोजना छन् । निजी क्षेत्रबाट प्रस्तुत ३१ परियोजना पनि बाह्य लगानीका लागि समावेश गरिएका छन् ।
सम्मेलनका क्रममा विभिन्न विषयमा छलफल हुनेछ । लगानीका लागि सरकार र निजी क्षेत्रबीच छलफल हुने लगानी बार्डले जनाएको छ । सो क्रममा नेपालमा लागनीको सम्भावना र वातावरणका बारेमा नीतिगत छलफल हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
नेपालबहस संवाददाता
बैशाख २५, २०८१ मंगलबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
बजेट थप नहुँदा ५७४ टुक्रे योजना अलपत्र
बैशाख २७, २०८१ बिहिबार
उपेन्द्र यादवको कार्यशैली ठिक नभएको कारण नयाँ दल बनायौं : अशोक राई
बैशाख २७, २०८१ बिहिबार
हाटबजारको खुला शौचले विद्यार्थीमा मनोवैज्ञानिक असर
बैशाख २७, २०८१ बिहिबार
नख्खु करिडोरमा टिपर गुड्ँदा स्थानीयलाई सास्ती
बैशाख २७, २०८१ बिहिबार
बागमती प्रदेश सरकारद्वारा ३८ दशमलव ९२ प्रतिशत बजेट खर्च
बैशाख २७, २०८१ बिहिबार
गोरखा बजार क्षेत्रमा खानेपानीको चरम अभाव
बैशाख २७, २०८१ बिहिबार