भृकुटीमण्डपमा भोलीदेखि १७ औं नेपाल र चीन तिव्वत व्यापार मेला
नेपालबहस संवाददाता
बैशाख १६, २०८१ आइतबार १४:५४:३८
१६ वैशाख, काठमाडौं । भोली वैशाख १७ गते देखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल चीन तिब्बत मेला सुरु हुने भएको छ । नेपाल सरकार र चीनको स्वशासित क्षेत्र तिव्वतको वाणिज्य विभागवीच सन् १९९० मा सम्पन्न दुई देशका सरकारहरुको वीच भएको सम्झौता अनुसार प्रत्येक नेपाल र चीनको स्वशासित क्षेत्र तिव्वतमा दुई वर्षमा आलोपालो हुने गरी आर्थिक तथा व्यापार मेला आयोजना गर्ने सम्झौता बमोजिम यसपटक नेपालमा मेला आयोजना गर्ने गरी तयारी गरिएको हो ।
नेपाल चीन (तिब्बत) बीच दुई पक्षीय आर्थिक र व्यापारिक सम्वन्ध अझ विस्तार गर्ने मेलाको प्रमुख उद्देश्य रहेको छ । यस ब्यापार मेलामा चीनको स्वशासित क्षेत्र (तिब्बत)का सरकारी प्रतिनिधिको रुपमा चीनको स्वशासित क्षेत्र तिव्वत सरकारका उपाध्यक्ष महामहीम लाङ फुकुनको नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल सहित करिब १२० जना ब्यापारी प्रतिनिधिहरु सहभागिता रहनेछन् ।
मेलामा चीनको स्वशासित क्षेत्र (तिब्बत)को तर्फबाट ५० स्टलहरु रहने छ्न् । चीनको स्वशासित क्षेत्र तिब्बतका स्टलहरुमा परम्परागत जडीबुटी, कृषिजन्य उत्पादन, आधुनिक कृषि औजार, चिया, विद्युतीय उपकरणहरु, घरायशी प्रयोगका साधनहरु, कार्पेट, पेयपदार्थ, परम्परागत हस्तकलाका सामानहरु, परम्परागत धुप, द्विपाँग्रे, तीन पाँगे्र र चार पाँग्रे विद्युतीय सवारी साधान, सौन्दर्य प्रशाधनका अतिरिक्त बिभिन्न व्यापारिक कम्पनीहरुले समेत् भाग लिने छन् ।
यसैगरी नेपालको तर्फबाट १५ ओटा स्टल रहने छन् । नेपाली स्टलहरुमा जडीबुटी, सारयुक्त सुगन्धित तेल, कफी, चिया, हस्तकला÷काष्ठकला, धातुकला, कार्पेट, पश्मिना लगायतका विभिन्न कम्पनीका उत्पादनहरु प्रदर्शित गरिनेछन् । मेलाको अवसरमा दुई पक्षबीच द्यद्दद्य ,द्यद्दन्, र न्द्दन् लगायतका व्याबसायिक ःभभतष्लन को आयोजना हुने छन् मेला बिहान १०ः.०० देखि बेलुका ६.ः ०० बजेसम्म खुल्ला रहने छ । मेलामा प्रबेश निः शुल्क गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतेह्रथुममा आजदेखि ढाका महोत्सव सुरु
जेठ ४, २०८१ शुक्रबार
जेठमा ‘हेटौंडा कला महोत्सव’ आयोजना हुने
बैशाख २५, २०८१ मंगलबार
गोरखामा सवा लाख रोट महोत्सव हुने
बैशाख २५, २०८१ मंगलबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार