सर्लाहीमा सम्पूर्ण पालिकाले एकै साथ हात्तीपाईले रोगविरुद्धको औषधि खुवाइने
नेपालबहस संवाददाता
बैशाख १६, २०८१ आइतबार १७:३५:३३
१६ वैशाख, सर्लाही । राष्ट्रिय अभियान अन्तरगत सर्लाहीमा पनि हात्तीपाइले रोगविरुद्धको आमऔषधि खुवाउने कार्यक्रम सुरु भएको छ । जिल्लामा सम्पूर्ण पालिकाले एकै साथ हात्तीपाईले रोगविरुद्धको आम औषधि खुवाउने अभियान सुरु गरेका हुन् । विभिन्न पालिकाले औपचारिक कार्यक्रमनै आयोजना गरेर औषधि खुवाउन सुरु गरेको जनाएका छन् ।
स्थानीय प्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक शिक्षिका लगायतले औषधि सेवन गरेर अभियानको सुरुवात गरिएको छ । बागमती नगरपालिकामा पनि औषधि खुवाउने कार्यक्रम सुरु गरिएको पालिकाका स्वास्थ्य शाखा संयोजक पदमबहादुर रायमाझीले जानकारी दिए । नगरकी कार्यबाहक प्रमुख लीलाकुमारी मोक्तानले सम्पूर्ण नगरवासीमा निर्धक्क भएर औषधि सेवन गर्न आह्वान गर्दै अभियानको सुरुवात गरेकी थिइन् । सुरुमा उनी आफैँले औषधि खाएर सुरु गरेको हो ।
योसँगैँ विद्यालयमा रहेका छात्रछात्रालाई औषधि खुवाउन सुरु गरिएको छ । बागमती नगरपालिकाले मात्र ३८ हजार बढीलाई हात्तीपाईलेविरुद्धको औषधि खुवाउने लक्ष्य लिएको जनाएको छ । यस्तै आजदेखि वैशाख २९ गतेसम्म सञ्चालन हुने अभियान अन्तरगत जिल्लामा आठ लाख बढीलाई हात्तीपाईलेविरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको छ
अभियानमा सहभागी भई २०३० सम्ममा देशलाई हात्तीपाईले रोगमुक्त बनाउन सहयोग पु¥याइ दिन स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाले आग्रह गरे । अभियानमार्फत् जिल्लामा दुई वर्षमाथि उमेर समूहका आठ लाख २४ हजार ६७१ जनालाई औषधि खुवाइने डा झाले जानकारी दिए । यसका लागि जिल्लामा पाँच सय २५ जना स्वास्थ्यकर्मी र एक हजार तीन सय २६ जना महिला स्वास्थ्य स्वयम्सेविका परिचालन भएका छन् ।
उनीहरुले स्कुल–स्कुलमा पुगेर लक्षित उमेर समूहलाई औषधि खुवाउनेछन् । भने, घर–घरमै पुगेर पनि औषधि खुवाउने बागमती नगरपालिका स्वास्थ्य शाखा संयोजक पदमबहादुर रायमाझीले राससलाई जानकारी दिए ।
हात्तीपाईले रोगविरुद्धको औषधि गर्भवती महिला, सात दिन सम्मका सुत्केरी, छारे रोगी तथा गम्भीर बिमारीले खान नहुने उनको भनाइ छ । अन्य सबैले हात्तीपाईले रोगबाट बच्न अनिवार्य रुपमा औषधि सेवन गर्नुपर्ने चिकित्सकको भनाइ छ । औषधि सेवनको क्रममा जिल्लामा हालसम्म कुनै किसिमको गम्भीर समस्या नदेखिएकाले स्वास्थ्य कार्यालय मलङ्गवाले जनाएको छ । स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार गत वर्ष पनि यस जिल्लामा सात लाख ६२ हजार ६८४ जनालाई हात्तीपाईलेविरुद्धको औषधि खुवाइएको थियो ।
सर्लाहीमा हालसम्म एक हजार चार सय ७५ जना हात्तीपाईले रोगका बिरामी रहेका स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । उनीहरु लामो समयदेखि सङ्क्रमित भई उपचार गराइरहेका हुन् । जिल्लामा पछिल्लो समय नयाँ सङ्क्रमित नगन्य मात्रामा फेला पर्ने गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । हात्तीपाईले रोग सङ्क्रमितलाई टोकेको क्यूलेस लामखुट्टेले अन्य मान्छेलाई टोकेपछि यो सङ्क्रमण फैलिने गर्दछ ।
जनचेतना तथा औषधि उपचारका कारण सङ्क्रमण घट्दै गएको स्वास्थ्य कार्यलय सर्लाहीका भेक्टर कन्ट्रोल निरीक्षक मनोज झाले जानकारी दिए । पछिल्लो समय जिल्लाका विभिन्न पालिकामा न्यून मात्रामा सङ्क्रमित फेला परेपछि अभियानलाई निरन्तरता दिइएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअत्यधिक गर्मीले बाँकेमा खोप अभियान प्रभावित
जेठ १७, २०८१ बिहिबार
कोरोना जस्तो अर्को महामारी आउने बेलायती वैज्ञानिकको दावी
जेठ १६, २०८१ बुधबार
काठमाडौं ल्याइएका सिरोहियाको मेडिसिटीमा उपचार
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
दूतावासले भिषा दिए सन्दीप आजै अमेरिका उड्ने, ४ बजे अन्तरवार्ता
जेठ १७, २०८१ बिहिबार
पर्यटकीय सम्भावना बोकेको रिग तालको प्रवर्द्धनमा पालिकाको चासो
जेठ १८, २०८१ शुक्रबार
राष्ट्रिय परिचयपत्र बनाउन बिहान ६ बजेदेखि लाइन बस्नुपर्ने बाध्यता
जेठ १८, २०८१ शुक्रबार
तनहुँमा हावाहुरी र असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति
जेठ १८, २०८१ शुक्रबार
यी हुन आर्थिक ऐनले दिएका सात स्कीम
जेठ १८, २०८१ शुक्रबार
क्यान अध्यक्ष चन्द भन्छन्, सन्दीपलाई १५औं खेलाडीको रुपमा गोप्य राखिएको थियो
जेठ १८, २०८१ शुक्रबार
सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ
जेठ १८, २०८१ शुक्रबार