भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्ने
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार १०:५५:५६
१७ वैशाख, भक्तपुर । नेपाली टोलीले मित्रराष्ट्र बङ्गलादेशको राजधानी ढाकामा जारी अन्तर्राष्ट्रिय यु–१९ भलिबल प्रतियोगिताको आज फाइनल खेल खेल्दै छ । नेपालले फाइनलमा बङ्गलादेश रातोसँग खेल्ने छ ।
आयोजक बङ्गलादेश निलोलाई हराउँदै नेपाली टोली फाइनलमा प्रवेश गरेको हो । ढाकामा नपाली भलिबल टोलीका साथमा रहनुभएका भक्तपुर जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष एवं टोली व्यवस्थापक दीपक थापाका अनुसार आइतबार भएको सेमिफाइनलमा नेपाली टोलीले बङ्गलादेश निलोलाई २५–१६, २५–२१ र २५–२१ अङ्कले पराजित गरेको हो । यसअघि नेपालले शनिबार भएको खेलमा माल्दिभ्सलाई २३–२५, २५–१९, २५–१३ र २५–२१ अङ्कले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।
भलिबल प्रतियोगितामा भाग लिन भक्तपुरको टोली बङ्गलादेश गएको हो । टोलीमा सुरेश मल्ल, यज्ञराज जोशी, अविशेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहोरा, इज्जत दनै, शशी पुलामी मगर र भुवन तामाङ रहेका छन् ।
टोलीको प्रशिक्षकमा उत्सव खड्का र सहायक प्रशिक्षकमा जनकबहादुर खड्का रहेका छन् । टोली पठाउन ‘सहायता फाउन्डेसन’का अध्यक्ष राजु ढुङ्गेल, विकास बस्नेत, व्यवसायी लक्ष्मण अवाल र व्यवस्थापक थापाले रकम जुटाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबलको फाइनल खेल आज
बैशाख ३०, २०८१ आइतबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी तथा प्रशिक्षक बङ्गलादेश प्रस्थान
बैशाख १३, २०८१ बिहिबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
चेल्सीले प्रशिक्षक पोचेट्टीनोलाई हटायो
जेठ ९, २०८१ बुधबार
जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद आज, २५ देशका विशेषज्ञ सहभागी
जेठ ९, २०८१ बुधबार
कोलकोता आइपिएलको फाइनलमा
जेठ ९, २०८१ बुधबार
कैलाश सिरोहियालाई आजै अदालतमा पेश गरिने
जेठ ९, २०८१ बुधबार
क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम
जेठ ९, २०८१ बुधबार