अफगानिस्तानमा दुई करोड ३७ लाई मानवीय सहायता आवश्यक
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार १४:२:४८
१७ वैशाख, काबुल । सन् २०२४ मा अफगानिस्तानमा एक करोड २३ लाख बालबालिकासहित दुई करोड ३७ लाख मानिसलाई मानवीय सहायताको आवश्यकता रहेको संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले जनाएको छ ।
युनिसेफका अनुसार अफगानिस्तानमा बालबालिकाका लागि आवश्यक एक अर्ब ४० करोड डलर सहयोगको ३५ प्रतिशत मात्रै सुरक्षित गर्न सकिएको छ । युनिसेफले मार्चमा देशको मानवीय अवस्थाबारे आफ्नो पछिल्लो प्रतिवेदन सार्वजनिक गरेको थियो ।
रिपोर्टले अफगानिस्तानमा बढ्दो गरिबीका लागि लामो समयदेखि चलिरहेको द्वन्द्व, जलवायु परिवर्तन, आर्थिक मन्दी र बढ्दो बेरोजगारीलाई श्रेय दिएको खामा प्रेसले जनाएको छ ।
सन् २०२४ को सुरुदेखि अहिलेसम्म अफगानिस्तानमा १४ हजार पाँच सय ७० सन्दिग्ध मामिला र दादुराबाट ७१ जनाको मृत्यु भएको रिपोर्टमा उल्लेख गरिएको छ ।
युनिसेफका अनुसार बिरामीहरू मध्ये ११ हजारभन्दा बढी पाँच वर्ष मुनिका बालबालिका छन् भने छ हजारभन्दा बढी दादुराका बिरामी महिला छन् । युनिसेफले मानवीय साझेदारहरूलाई अफगानिस्तानमा महिलाहरूको सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेको छ ।
‘सेभ द चिल्ड्रेन’ ले अफगानिस्तानमा बालबालिकाको अवस्थाबारे चिन्ता व्यक्त गरेको बेला संयुक्त राष्ट्रसंघको यस्तो प्रतिवेदन आएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी सङ्गठनले पाकिस्तानबाट फर्केका दुई लाख ५० हजार अफगान बालबालिकाले खाना र आश्रयको अभावको सामना गर्नुपरेको जनाएको छ ।
विश्व खाद्य कार्यक्रमले हरेक महिना ६० लाख मानिसलाई खाना र नगद वितरण गरिरहेको अप्रिल २७ मा बताएको छ । संयुक्त राष्ट्रसंघको अनुमानअनुसार अफगानिस्तानमा करिब एक करोड ५८ लाख मानिस खाद्य असुरक्षा सङ्कट र आपत्कालीन अवस्थाको मारमा छन् ।
अफगानिस्तानमा जनताको आधारभूत आवश्यकताहरू पूरा गर्न संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयले तीन अर्ब ६० करोड अमेरिकी डलरको बजेट मागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिमको निधन
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति चढेको हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
जेठ ७, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भएको आगलागीको विवरण संकलन गरिँदै
जेठ ७, २०८१ सोमबार
८ नम्बरमा पर्यो उपेन्द्रको रिट, ढुंगानाको इजलासमा सुनुवाइ
जेठ ७, २०८१ सोमबार
गोदावरीको हाटखोली आन्तरिक पर्यटकको रोजाइमा
जेठ ७, २०८१ सोमबार
कांग्रेससहित विपक्षी दलहरुले गरे संसद अवरोध, १५ मिनेटका लागि बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
सुनको मूल्य तोलामा नौ सयले बढ्यो, चाँदीको कति ?
जेठ ७, २०८१ सोमबार