शिविरमार्फत नागरिकको स्वास्थ्योपचार गर्दै स्थानीय तह
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार १४:४४:५०
१७ वैशाख, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका स्थानीय तहले वडा स्तरमा स्वास्थ्य शिविरको आयोजना गरी नागरिकको स्वास्थ्यमा देखिएका समस्या पहिचान तथा उपचार गरिरहेका छन् । अस्पतालको प्राविधिक सहयोग लिई आयोजित शिविरमा देखिएका गम्भीर स्वास्थ्य समस्यामा स्थानीयले तहले निःशुल्क उपचार गर्ने व्यवस्थासमेत मिलाएका छन् ।
तेमाल गाउँपालिकाले गत सोमबारदेखि नौ दिने निःशुल्क वृहत् स्वास्थ्य शिविर सुरु गरेको थियो । नेपाल नेत्रज्योति संघ, कीर्तिपुर आँखा अस्पताल, शिर मेमोरियल अस्पताल र जर्मन रोटरी स्वयंसेवक चिकित्सकसहित स्वास्थ्यकर्मीको प्राविधिक सहयोगमा गाउँपालिकास्थित विभिन्न स्वास्थ्य चौकी एवं पायक पर्ने स्थानमा आयोजित शिविरमा करिब दुई हजारले सेवा लिएको जनाइएको छ । गाँउपालिकाका निमित्त प्रशासकीय अधिकृत शिवहरि पाठकका अनुसार शिविरमा विशेषगरी स्वाशप्रस्वाश, आँखा, दाँत, खकार तथा एचआईभीको परीक्षण गरिएको छ ।
शिवरमा हालसम्म २३ जनामा मोतियाविन्दु तथा सात जनामा क्षयरोगको समस्या देखिएको पाठकले बताए । सामान्य स्वास्थ्य समस्या भएकालाई स्थानीयस्तरमै उपचार एवं औषधि प्रदान गरिएको छ । गम्भीर प्रकृतिका समस्या देखिएकालाई अस्पतालको समन्वयमा उपचार एवं शल्यक्रिया गरिने जनाइएको छ । गाउँपालिकाले शिविरमा स्वास्थ्य परीक्षणसँगै नागरिक परिचयपत्र तथा अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।
यस्तै आइतबार खानीखोला गाउँपालिका–७ मिल्चेमा तिलगङ्गा आँखा अस्पताल काठमाडौंको सहकार्यमा निःशुल्क आँखा शिविरको आयोजना गरिएको थियो । शिविरमा दुई सय नौ जनाको आँखा परीक्षण गरी आँखाका रोगीलाई निःशुल्क रुपमा औषधि वितरण गरिएको थियो ।
शनिबार पनौती नगरपालिका–२ कुशादेवीमा आयोजित वृहत् स्वास्थ्य शिविरमा स्त्रीरोग, हाडजोर्नी, नाक–कान–घाँटी, छाला रोग, जनरल मेडिसिन गरी दुई सय ५५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । काठमाडौँस्थित अल्का अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा स्वास्थ्य समस्या देखिएका बिरामीलाई उपचारको व्यवस्था गरिएको अस्पतालका अध्यक्ष कुमार थापाले बताए । नगरप्रमुख रामशरण भण्डारीले आफुहरु नागरिकको स्वास्थ्यप्रति सचेत रहेकाले समय–समयमा स्वास्थ्य शिविरमार्फत नागरिकलाई स्थानीयस्तरमै सेवा प्रदान गरिरहेको बताए ।
बिहीबार रोशी गाउँपालिका–११ भीमखोरीमा आयोजित आयुर्वेद स्वास्थ्य शिविरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय कार्यालयका आयुर्वेद चिकित्सक, कविराज, वैद्यहरुले स्वास्थ्य परीक्षणसँगै निःशुल्क औषधि वितरण गरेका थिए । शिविरमा एक सय ५७ जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष दिनेश लामाले प्रत्येक वर्ष गाउँपालिकाका दुई÷तीन स्थानमा आयुर्वेदसम्बन्धी स्वास्थ्य शिविर गर्दै आएको बताए ।
लामाका अनुसार गत मङ्गलबार वडा नं १, २ र ३ लाई लक्षित गरेर शिखरमा आयोजना गरिएको शिविरमा एक सय ५५ स्थानीयवासीले सेवा लिएका थिए । यसअघि वडा नं ९ स्थित मङ्गलटारमा भएको निःशुल्क स्वास्थ्य शिविरमा एक सय ७५ जनाले सेवा लिएका छन् ।
यस्तै वडा नं ७, ८, ९, १०, ११ र १२ का र तेमाल गाउँपालिका–८ लगायतका स्थानीय शिविरबाट लाभान्वित भएका हुन् । उक्त शिविरमा ६७ जनाले सामान्य चिकित्सा, ५१ ले स्त्रीरोग, २६ ले भिआइए सेवा, ९७ ले हाडजोर्नीसम्बन्धी र १६ जनाले सामान्य सर्जरी सेवा तथा समस्या देखिएका नागरिकले औषधि लिएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ
जेठ ४, २०८१ शुक्रबार
स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित
जेठ ४, २०८१ शुक्रबार
लुबाट बच्न व्यापक जनचेतना जरुरी
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने
जेठ ४, २०८१ शुक्रबार
मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी
जेठ ४, २०८१ शुक्रबार
लेनडाँडा सुरुङमार्गको 'ब्रेक थ्रु'
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने
जेठ ४, २०८१ शुक्रबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार