कार्कीको प्रदेश प्रमुखलाई पत्र, ‘धारा १६८ को उपधारा ५ बमोजिमको सरकार संकल्प प्रस्तावले ढल्दैन’
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार १३:४७:४
१८ वैशाख, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अहिलेको सरकारलाई कानुन अनुसार परास्त गर्न नसकिने दावी गरेका छन् । उनले संविधानले संकल्प प्रस्तावकै आधारमा सरकार परिवर्तन गर्ने आधार नदिएको जिकिर गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङलाई संकल्प प्रस्ताव पारित गराएर सरकार फेरबदलको प्रयास हुन नसक्ने उनले जानकारी गराएका हुन् ।
संविधानको धारा १६८ को उपधारा ५ बमोजिम गठन भएको कार्की नेतृत्वको सरकार अल्पमतमा परेको भन्ने दाबीसहित नयाँ गठबन्धन दलले प्रदेशसभाबाट संकल्प प्रस्ताव पारित गराएका थिए । त्यो प्रक्रियाबाट सरकार गठन गर्न प्रदेश प्रमुख खापुङलाई सन्देशका नाममा निर्देशन दिन नसक्ने जिकिर गर्दै मुख्यमन्त्री कार्कीले मंगलबार लिखित जानकारी गराएका छन् ।
कार्कीले संविधानको धारा १७३ ’घ’ मा भएको व्यवस्था अनुरुप मुख्यमन्त्रीले समसामयिक विषयमा प्रदेश प्रमुखलाई जानकारी गराउने व्यवस्था रहेको कुरा अवगत गराएको भन्दै सोही व्यवस्थाअनुसार आफूले बेलाबेलामा प्रदेश प्रमुखको ध्यानाकर्षण गर्दै आएको बताएका छन् । उनले आज प्रदेश प्रमुखलाई पत्र बुझाउँदै संकल्प प्रस्तावले सरकार परिवर्तन गर्न नमिल्ने जानकारी गराएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सहकारी मार्फत महिला व्यावसायिक बन्दै
जेठ ८, २०८१ मंगलबार
बलिउड फिल्म रामायणको तयारी तीब्र, दुई भागमा बन्ने
जेठ ८, २०८१ मंगलबार
सिम्जुङ–महाभिर–घ्याच्चोक सडक धमधाम कालोपत्र गरिँदै
जेठ ८, २०८१ मंगलबार
सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद
जेठ ८, २०८१ मंगलबार
पलले सार्वजनिक गरे वृद्ध उमेरमा प्रहरी मुठभेडको तस्विर
जेठ ८, २०८१ मंगलबार