वीरगन्जबाट नेपाली नक्कली नोटसहित दुई जना पक्राउ
आबिद हुसेन
बैशाख १८, २०८१ मंगलबार १४:८:३२
१८ वैशाख, वीरगन्ज । वीरगन्जबाट प्रहरीले नेपाली नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।नेपाली १ हजार दरका १ सय २३ थान नक्कली नोटसहित दुई जनालाई वीरगन्जको घण्टाघर नजिकबाट सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यको पश्चिमी चम्पारण जिल्लाको बेतिया भावल पंचायत–४ घर भएका ३० बर्षीय क्यामुद्धिन मियाँ र बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर २ घर भएकी ४० बर्षीया हलिमा खातुन रहेका छन् ।
विशेष सूचनाको आधारमा सोमबार राति वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई घण्टाघर चोक नजिकबाट पक्राउ गरेको हो।
भारतको रक्सौलबाट पैदल आउँदै गरेका उनीहरुलाई घण्टाघर चोकस्थित सडकमा रोकेर शरिर खानतलासी गर्दा दुवै जनाको साथबाट गरी १ सय २३ थान नक्कली नोट बरामद भएको प्रहरी निरिक्षक बोगटीले बताए । नक्कली नोटसहित पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपवैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार