गर्मीको जोखिममा रहेकालाई सचेत गराइँदै
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार १५:३२:५३
१८ वैशाख, नेपालगञ्ज । नेपालगञ्जमा हिटवेभको जोखिममा रहेका 'टिनको छानामुनी बस्ने, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक लगायत'लाई सचेत गराउन थालिएको छ । उनीहरुलाई गर्मी र तातो हावाबाट बच्न सचेतना तथा जागरण फैलाउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी बाँकेले स्वयंसेवक समेत परिचालन गरेको छ ।
चार दिनसम्म नेपालगञ्ज उमहानगरपालिका–२१ र २२ मा तातो हावाको उच्च जोखिममा रहेका परिवारलाई सचेतना तथा जागरणको काम गर्न लागिएको नेपाल रेडक्रस सोसाइटी, बाँकेका उपनिर्देशक दोलख डाँगीले जानकारी दिए । उनले अपाङ्गता भएका व्यक्तिको घर–घरमा पुगी सूचना दिने र तातो हावाको लहरको जोखिमबाट घरायसी रुपमा गर्न सकिने सामान्य सावधानी तथा गर्मीको कारण हुने बिरामीको लक्षण देखिएमा गर्नुपर्ने उपचारको बारेमा सूचित गरिने बताए । यसका लागि दुई वडामा ६ स्वयंसेवक परिचालन गरिँदै छन् ।
अमेरिकी रेडक्रस, नेपालगञ्ज उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटी बाँकेको संयुक्त साझेदारीमा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा तातो हावाको लहर लू प्रतिकार्य कार्यक्रम सञ्चालनमा छ । उपनिर्देशक डाँगीले चार दिनसम्मको अवस्था हेरेर पुनः अन्य वडामा पनि सो कार्यक्रम सञ्चालन हुने उल्लेख गर्दै यसबाट किसान, श्रमिक वर्ग, पिछडिएको वर्ग र ज्यालादारीमा काम गर्ने वर्ग सबैभन्दा बढी लाभावन्वित हुने बताए ।
नेपालगञ्ज उपमहानगरपालिका आपतकालीन कार्यव्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले गर्मी दिनप्रतिदिन बढ्दै गएकाले श्रमिक वर्गका लागि नेपालगञ्ज–२ को रानीतलाउ नजिक कुलिङ सेन्टर निर्माण गर्न लागिएको जानकारी दिए । जल तथा मौसम विज्ञान विभागले आगमी पाँच दिनसम्म निरन्तर तापक्रम बढ्ने जनाएको छ । दिउँसो गर्मी र तातो हावाका कारण नेपालगञ्जको जनजीवन प्रभावित भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
बहुविवाहका आरोपी दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान
जेठ २, २०८१ बुधबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
जेठ ८, २०८१ मंगलबार
कस्तो छ आजको मौसम ?
जेठ ८, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार