बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार १६:४५:१९
१८ वैशाख, चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने भएको छ । गाउँपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन बाँझो जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहनस्वरूप अनुदान कार्यक्रम सञ्चालन गरिएको हो ।
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले विशेष गरेर रैथानेबाली लगाउने किसानलाई प्रोत्साहन गर्न अनुदानका कार्यक्रम सञ्चालन गरिएको बताए । उनले भने– “रैथाने बाली उत्पादनमा प्रोत्साहन गर्न अनुदानका कार्यक्रम सञ्चालन गरेका हौँ, बाँझो जमिनलाई सदुपयोग गर्ने किसानलाई ५० प्रतिशत अनुदान दिनेछौँ ।” बाँझो जमिनमा खेती गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा रु पाँच लाख विनियोजन गरेको छ । किसानलाई अनुदानका लागि वडा कार्यालयमार्फत माग फारम भर्न आग्रह गरिएको छ । कार्यक्रमअनुसार साना सिँचाइका लागि अनुदान प्रदान गर्न लागिएको हो ।
बाँझो जग्गामा खेती गर्ने किसानलाई सिँचाइ र कृषि औजारमा अनुदान दिइने गाउँपालिकाले जनाएको छ । इच्छाकामना गाउँपालिकामा रहेका बाँझो जमिनको तथ्याङ्क सङ्कलन गरी थप अनुदानका कार्यक्रम सञ्चालन गरिने अध्यक्ष गुरुङको भनाइ छ । उनले भने, “गाउँपालिकाभर कति बाँझो जग्गा छ, तथ्याङ्क सङ्कलन गर्दैछौँ, सोही आधार आगामी आर्थिक वर्षमा अनुदानका थपका कार्यक्रम सञ्चालन गर्ने छौँ ।”
गाउँपालिका कृषि शाखा प्रमुख आशिष त्रिपाठीका अनुसार इच्छाकामनामा कोदो, घैया धान, गहुँ जौ, सामा, काउनो लगायतका रैथाने बालीको राम्रो उत्पादन हुन्छ । तर पछिल्लो समय किसानले यी बालीको खेती गर्न छाडेका कारण प्रोत्साहनका लागि अनुदानका कार्यक्रम सञ्चालन गरिएको उनले बताए । रैथाने बालीमार्फत इच्छाकामनालाई आत्मनिर्भर बनाउन सकिने प्रमुख त्रिपाठीको भनाइ छ । अनुदानका कार्यक्रमले रैथाने बाली उत्पादनमा किसानलाई प्रोत्साहन मिल्ने उनको विश्वास छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार
कृषकलाई अनुदानमा धानको बीउ वितरण
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आइपिएलको पहिलो क्वालिफायरमा आज कोलकोता र सनराइजर्स खेल्दै
जेठ ८, २०८१ मंगलबार
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण
जेठ ८, २०८१ मंगलबार
‘बौद्ध दर्शनको सान्दर्भिकता सर्वदा रहन्छ’
जेठ ८, २०८१ मंगलबार
भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन
जेठ ८, २०८१ मंगलबार
जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने
जेठ ८, २०८१ मंगलबार