रौतहटमा अत्यधिक गर्मीले खोला नाला सुके, पानी नपाएर मर्न थाले जनावर !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार १०:१५:५९
१९ वैशाख, रौतहट । रौतहट जिल्लास्थित लालबकैया नदी लगायत स-साना खोलानाला सुक्न थालेपछि चौपाया र चराचुरुङ्गी मर्न थालेका छन ।
करिब दुई महिना अगाडि देखि लाल बकैया नदी सुकेकाे छ । पछिल्लो पटक २०८९ साल फाल्गुण महिनामा पानी परेकाे थियाे । त्यसपछि लगातार तापक्रम दैनिक बढोत्तरी हुँदै आएका छन । हिजो ( मंगलबार ) रौतहटको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो ।
तापक्रम बढेसँगै पश्चिमी वायुको तेजगतिले सामान्य मानिसको जनजीवन लगायत सबै सजीव प्राणी- बोट विरुवाको साथै वाली नालीमा समेत असर परेका छन । यसै बीच पानी खान नपाएर जिल्लाका देवाही गाेनाही नगरपालिका वडा नम्बर २ स्थित एउटा जंगली चौपाया घाेडा गदाहा मृत अवस्था फेला परेकाे पत्रकार कमल यादवले बताए ।
प्राकृतिक खाेला नदी सुकिसकेका कारण जंगली जनावर छाडा पशुपंक्षी पानी खान नपाएर मर्न थालेको पत्रकार यादवले बताए । सम्बन्धित निकायलाई कृत्रिम पोखरी स्थापना गरि पशुपक्षीलाई पानी खाने व्यवस्था मिलाउन पत्रकार यादवले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन । लाल बकैया नदीको दायाँबायाँ करिब ५ /५ किलो मिटर दुबै तर्फ दुरीमा निजी तथा सार्वजनिक पोखरी नरहेका कारण जंगली तथा छाडा चौपायालाई पानी खान समस्या भएको देवाही गाेनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले बताए ।
पानीको समस्या मधेसमै बढ्दै गएको बताउँदै नगर प्रमुख साहले यस्तै गर्मी रहे प्राय जसाे हैडपाईप सुक्ने र मानिसलाई पानी खान समेत समस्या हुने बताए । चौपाया तथा जंगली जनावर चराचुरुङ्गीलाई आफूले स्थानीय स्तरबाट जन श्रमदान गरि सुकि सकेको लाल बकैया नदीमा पाेखरी खनेर पानी खानका लागि व्यवस्था मिलाउन प्रयास गर्ने पूर्व नगर प्रमुख धर्मेन्द्र पटेलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन
जेठ ८, २०८१ मंगलबार
जलेश्वर कारागार जीर्ण, कैदीबन्दीलाई समस्या
जेठ ७, २०८१ सोमबार
मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए
जेठ ८, २०८१ मंगलबार
रोप्नका लागि तयार पारेको धानको ब्याड
जेठ ८, २०८१ मंगलबार
लमजुङ हिमाल र डाँडापाखाको मनोरम दृश्य
जेठ ८, २०८१ मंगलबार
चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान
जेठ ८, २०८१ मंगलबार
नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी
जेठ ८, २०८१ मंगलबार
हलो र गोरुको सहायताले मकै छर्दै किसान
जेठ ८, २०८१ मंगलबार