विनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार १०:१६:३६
वैशाख २०, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलरको कारोबार स्थिर रहेको छ ।
बिहिबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा रहेको छ। यसअघि बुधबार पनि सोही भाउमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहिबार युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ १३ पैसा र बिक्री दर १४२ रुपैयाँ ७७ पैसा रहेको छ। अघिल्लो दिनको तुलनामा युरो ७० पैसाले घटेको हो । बुधबार युरोको खरिद दर १४२ रुपैयाँ ८३ पैसा र बिक्री दर १४३ रुपैयाँ ४७ पैसामा कारोबार भएको थियो ।
आज बेलायती पाउन्ड ९० पैसाले घटेर पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ २० पैसा र बिक्री दर १६६ रुपैयाँ ९५ पैसा तोकिएको छ। बुधबार भने यसको खरिद दर १६७ रुपैयाँ १० पैसा तथा बिक्री दर १६७ रुपैयाँ ८५ पैसा कायम गरिएको थियो ।
त्यसैगरी बिहिबारको लागि अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३१ पैसा र बिक्री दर ८६ रुपैयाँ ७० पैसा कायम गरिएको छ। बिहिबार क्यानेडियन डलर एकको खरिद दर भने ९६ रूपैयाँ ७५ पैसा र बिक्रीमा ९७ रूपैयाँ १८ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिद दर ८ रूपैयाँ ४४ पैसा कायम हुँदा बिक्री दर भने ८ रूपैयाँ ४७ पैसा रहेको छ । चाइनिज युआन एकको खरिद दर १८ रूपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिद दर ९ रूपैयाँ ६१ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६५ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ५२ पैसा र बिक्री मूल्य ३६ रूपैयाँ ६८ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ५१ पैसा र बिक्री मूल्य ३५ रूपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ २६ पैसा र बिक्री दर ३६ रूपैयाँ ४३ पैसा तथा मलेसियन रिंगिट एकको खरिद दर बिहिबार २७ रूपैयाँ ९१ पैसा र बिक्री दर २८ रूपैयाँ ०३ पैसा कायम गरेको छ ।
यसैगरी, बिहिबारको लागि कुवेती दिनार एकको खरिद दर ४३२ रुपैयाँ २१ र बिक्री दर ४३४ रुपैयाँ १६ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिद दर ३५३ रुपैयाँ २५ पैसा र बिक्री दर ३५४ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ९, २०८१ आइतबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार