कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार १३:१०:३८
२१ वैशाख, सिरहा । आफ्नै बुवा ५१ वर्षीय चन्दर यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका-१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भन्ने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
जितेन्द्रले घरायसी वादविवादको कारण मंगलबार राति कुटपिट गर्दा गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते चन्दरको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा गएराति मृत्यु भएको हो ।
उदयपुर, कटारी नगरपालिका-६ धप्पर बस्ने सिन्धुली दुधौली नगरपालिका-७ कटहरे घर भएका ६५ वर्षीय बल बहादुर परियारको कुटपिट गरी हत्या गरेको अभियोगमा कटारी नगरपालिका-६ धप्पर बस्ने ३५ वर्षीय केसर बहादुर परियारलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
केसर बहादुरले सोमबार साँझ दाउराले हान्दा गम्भीर घाइते भएका बल बहादुरको कटारी अस्पताल हुँदै ब्लु क्रस अस्पताल त्रिपुरेश्वर काठमाडौंमा थप उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो । प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार