आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार १२:२०:३६
२४ वैशाख, काठमाडौं । माधवकुमार नेपालको नेतृत्वमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीभित्र पनि दुई समूह अलग हुने परिस्थिति अन्तिम चरणमा रहेको बताइएको छ । पूर्वतयारी अनुसार नेकपा एस र जसपालाई एकै दिन विभाजन गराउने रणनीति थियो । तर, यो रणनीति संख्याका कारण आइतबार असफल भएको छ । उच्च राजनीतिक स्रोतका अनुसार विभाजित हुने संख्या ६ नपुगेकाले नेकपा एस आइतबार विभाजनबाट रोकिएको हो ।
महाधिवेशनको सम्मुखमा देखिएको नेकपा एसभित्रको विवादलाई समातेर सत्ता गठबन्धन विशेष गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले खेलिरहेका थिए । यो खेल नेकपा एसभित्र गएको भदौदेखि नै सुरु भएको स्रोत बताउँछ । गठबन्धनको प्रभाव र राजनीतिक पदको आकर्षणले माओवादीसँग पार्टी एकता गर्ने कुरा उठेदेखि नै एक समूह अर्को दल गठनको तयारीमा थियो । यसलाई ओलीले नजरअन्दाज गरिरहेका थिए । रणनीति सफल हुँदै गएपछि सुदूरपश्चिम प्रदेश प्रकरणले यो कुरा बाहिर ल्यायो ।
नेकपा एसलाई विभाजन गराएपछि मात्र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिनुपर्छ भनेर ओलीले नेताहरूलाई भनेका थिए । यसका लागि दुई दिन पर्खन भने पनि आइतबार विभाजन भएर आउने संख्या ६ पुर्याउन नसक्दा एसको विभाजन रोकियो । ओलीले दीर्घ सोडारी पहिले एमालेकै नेता हुन । उनी एमाले भएर मुख्यमन्त्री बन्दा पहाड खस्दैन, के के हुन्छ दुई दिनमै देख्नुहुन्छ । अहिले विश्वासको मत दिन हतार नगर्नु भनेका थिए, स्रोतले भन्यो ।
स्रोतले नेकपा एस विभाजनको दिन नजिक भएको बताए पनि उसले कसको नेतृत्वमा र को नेता कता पटि भन्ने कुरा एकिन अहिले गर्न नमिल्ने बतायो । हिजोसम्म राजेन्द्र पाण्डे नेतृत्वमा विभाजन हुने कुरा आफूले सुनेको तर, यो परिस्थिति फेरिएको स्रोतको भनाइ छ । नेकपा एसभित्र राजेन्द्र पाण्डे, किसान श्रेष्ठ, प्रेम आले, धनबहादुर बुढाले नयाँ दल दर्ताका लागि कोसिस गरिरहेको कुरा बाहिर आएको थियो । एमालेबाट विभाजित भई बनेको नयाँ पार्टी नेकपा एसमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा १० सीट छन् ।
पार्टी अध्यक्ष माधवकुमार नेपालसहित १० जना उम्मेदवार विजयी भएका थिए । नेपाल रौतहट–१ बाट निर्वाचित भएका हुन् । त्यस्तै कृष्णकुमार श्रेष्ठ बारा–४ बाट विजयी भएका थिए । उपाध्यक्षसमेत रहेका राजेन्द्र पाण्डे धादिङ–१ बाट निर्वाचित भएका थिए । मेटमणि चौधरी दाङ र डोल्पाबाट धनबहादुर बुढा निर्वाचित भएका थिए । दैलेखबाट अम्मरबहादुर थापा, सल्यानबाट प्रकाश ज्वाला र शेरबहादुर कुँवर अछामबाट निर्वाचित भएका थिए । प्रेमबहादुर आले डोटीबाट र बझाङबाट भानुभक्त जोशी निर्वाचित भएका थिए ।
१० सांसद मध्ये ४ जना मात्र आफ्नो पक्षमा रहेको र पार्टी विभाजन हुने संघारमा रहेको जानकारी पाएपछि अध्यक्ष नेपालले आज सोमबार संसदीय दलको बैठक बोलाएका छन । नेकपा एसलाई विभाजनबाट रोक्न उनले बैठक बोलाएका हुन् । नेकपा एसका असन्तुष्ट सांसदहरूलाई सम्झाउनका लागि नेपालले दलको बैठक बोलाएको बताइएको छ । तर, नेपालको प्रयासले अब नेकपा एस बिभाजनबाट बच्न नसक्ने स्रोतको दावी छ । ५० प्रतिशत सांसदमै दल दर्ताका लागि कुरा मिलेको र एक जना सांसदले धरमर नगरेको भए आइतबार नै नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पर्ने थियो ।
उपेन्द्र यादवसहित यो गठबन्धन छाडेर वैकल्पिक गठबन्धनबाट प्रधानमन्त्री बन्ने प्रयासमा तत्काल अवरोध भएपछि नेता नेपाल चिन्तित छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई अहिलेको सत्ता समीकरणबाट निकाल्न प्रधानमन्त्रीलाई संकेत गरिसकेका छन् । उपेन्द्र यादवलाई पनि उपप्रधानमन्त्रीबाट हटाएर उनको ठाउँमा विभाजित जसपाका सांसदलाई मन्त्री बनाउने तयारी रहेको स्रोतले बतायो ।
नेकपा एसभित्र यही सरकारमा बस्नुपर्छ भन्ने र बाहिर रहनुपर्छ भन्ने दुवै मत बलियो रुपमा प्रकट भइरहेको थियो । नेपालसँग असन्तुष्ट भएर विभिन्न ठाउँमा संवादमा रहेका नेताहरु पार्टी विभाजनमा लागेका थिए । आइतबारको खड्गो टरेपछि अब नेकपा एस के हुन्छ भन्न सकिने मोडमा देखिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
जेठ ११, २०८१ शुक्रबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा डोजर चालकको मृत्यु
जेठ १३, २०८१ आइतबार
वार्म-अप खेलमा आज नेपाल र क्यानडा खेल्दै
जेठ १४, २०८१ सोमबार
नारायणगढ–मुग्लिन सडक : चार सवारी साधन एकापसमा ठोक्किदा १ जनाको मृत्यु, २२ घाइते
जेठ १४, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ १४, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १४, २०८१ सोमबार
कोलकाताले जित्यो आईपीएलको उपाधि
जेठ १४, २०८१ सोमबार
सुक्खा पहिरोले आरुघाट–लार्के सडक अवरुद्ध
जेठ १३, २०८१ आइतबार