हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार १७:४७:३३
२४ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसदीय दल एकढिक्का रहेको बताएको छ । पार्टीले वैशाख २८ गतेबाट सुरु हुने वर्षे अधिवेशनमा पार्टीका सांसदहरूले प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको सो पार्टीको संसदीय दलको बैठकले बजेट अधिवेशनमा पार्टीको भूमिका संसद्मा प्रभावकारी बनाउने निर्णय गरेको हो ।
सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) फुटेको भोलिपल्ट एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको थियो । संसदीय दलको बैठकले कानुन निर्माणको प्रक्रियामा सक्रिय भूमिका निभाउने निर्णय पनि गरेको छ ।
बैठकले सरकारले ल्याउने नीति, कार्यक्रम र बजेटबारे दलको तर्फबाट सरकारलाई रचनात्मक सुझावहरू दिने, संसद्को आगामी अधिवेशनमा जनसरोकारका विषयहरू सशक्त रूपमा उठाउने र कानुन निर्माण प्रक्रियामा सक्रिय भूमिका निभाउने निर्णय गरेको छ ।
जसपा सरकार र समाजवादी मोर्चामा समेत रहेको भन्दै उसले ‘समाजवादी मोर्चा र सरकारमै सहभागी दलहरूलाई विभाजन गर्नेहरू जुन ढंगका गतिविधि जोजोबाट भएका छन्, यो निन्दनीय छ भनेको छ । यो राष्ट्रियतालाई कमजोर गर्ने र स्थायित्वका लागि भएका प्रयासलाई रोक्ने, कमजोर गर्ने खेल भएको समेत नेकपा एसको ठहर छ ।
उनले आफ्ना दल भने एकढिक्का रहेको बताए । जसपामा आएको फुटपछि आफ्नो दलबारे अफवाह फैलाइएको भन्दै उनले भने, ‘हाम्रो पार्टीका सांसदहरू कतै जानु भएको छैन, हामी एक ढिक्का छौं ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार