नेजालाई युएन मिसनसँग मिलेर अगाडि बढ्न राजदुत थापाको आग्रह
नेजा उत्तर अमेरिकामा रहेका पत्रकारहरूको साझा संस्था
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार २१:२५:११
२४ वैशाख, न्युयोर्क । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल अमेरिका पत्रकार संघ 'नेजा' ले 'सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रता' विषयमा रहेर कार्यक्रमको आयोजना गरेको छ ।
मे ४ मा न्युयोर्कमा आयोजित कार्यक्रममा वातावरणीय संकटको सामनामा पत्रकारिता रहेको सन्दर्भको सेरोफेरोमा कार्यक्रमलाई केन्द्रित गरिएको थियो । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा गरिएको कार्यक्रमको उद्घाटन वातावरणको जननी बिरुवामा पानी राखेर गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले समुदायमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे । प्रमुख अतिथि थापाले समुदाय र प्रेसको सुमधुर सम्बन्ध पश्चात् मात्र स्वतन्त्रतालाई पूर्ण रुपमा अगाडि बढाउन सक्ने बताए । थापाले मिडियामा ठूलो चुनौती आएको बताउँदै हिजो जोसँग सूचना हुन्थ्यो त्यो शक्तिशाली हुने गरेको थियो भने आज सूचनाको स्पष्टता नहुँदा समाजमा कन्फ्यूजनको वातावरण बढेको बताए।
‘विश्वमा बढ्दै गएको सोसल मिडियाले पनि समुदायमा सूचनासम्बन्धी विभिन्न कन्फ्युजन उत्पन्न गर्ने गरेको छ,’ प्रमुख अतिथि थापाले बताए । थापाका अनुसार गलत समाचारले समाजमा गलत धारणा उत्पन्न गर्ने हुँदा समाज गलत बाटोतिर गएको पाइने गरेको छ । समाजमा व्याप्त गलत सूचनामार्फत चुनौती सिर्जना गरिरहेको हुँदा यसलाई चिर्नका लागि नेजालाई युएन मिसनसँग मिलेर अगाडि बढ्न समेत आग्रह गरे ।
नेपालको विकास, राजनीति, जलवायु परिवर्तन, स्वास्थ्य क्षेत्र, शान्ति स्थापनालगायतका क्षेत्रमा मिडियाको ठूलो भूमिका रहेको हुँदा यूएनसँग मिलेर अगाडि बढ्नु पर्ने उनकाे आग्रह थियाे । साथै, अहिले यूएनले नेपालमा जलवायु परिवर्तनबाट पर्न सक्ने असरका बारेमा विभिन्न कार्यक्रम गर्दै आएको छ बताउँदै यस्ता खाले कार्यक्रममा नेपालको मुद्दालाई अभिव्यक्त गर्नका लागिसमेत आग्रह गरे । प्रमुख अतिथि थापाले प्रवासमा रहेका पत्रकारहरूलाई समग्रमा नेपाल र डायस्पोरालाई जोड्ने कार्यमा सक्रिय रुपमा अगाडि बढ्नसमेत आग्रह गरे ।
नेजा अध्यक्ष सुरज भण्डारी अध्यक्षता एवं महासचिव बाबुराम दाहालले सञ्चालन रहेको कार्यक्रममा विषय वक्ताको रुपमा अमेरिकाको ओहायो राज्यमा रही पत्रकारिता विषयमा विद्यावारिधि गरिरहेका पत्रकार प्रकाश आचार्यले ‘सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रता’ को बारेमा प्रकाश पारेका थिए । आचार्यले सञ्चारमाध्यम र सामाजिक सञ्जालबीच ठूलो भिन्नता रहेको बताए । साथै, आचार्यले समाचार प्रकाशन गर्ने तरिका फरक-फरक हुने हुँदा समाजमा असर पर्ने खालका विषयवस्तुलाई समाचार बनाउनु उपयुक्त नहुने बताए । साथै, विषय वक्ता आचार्यले समाजमा विकृति ल्याउने खालका समाचारलाई प्राथमिकता नदिन समेत आग्रह गरे ।
सो कार्यक्रममा सामुदायिक पत्रकारिताका चुनौतीका सन्दर्भमा बोल्दै नेजाका पूर्वमहासचिव किरण मरहट्ठाले प्रवासमा रहेका पत्रकार र नेजाले सामुदायिक पत्रकारिताको नमुना पेस गर्न सफल भएको बताए । यस्तै, समुदायले पत्रकार र पत्रकारले समुदायलाई सम्मान गर्न सक्दा मात्रै दुवै पक्षलाई फाइदा पुग्ने बताए।
नेजाका अध्यक्ष सुरज भण्डारीले कार्यक्रमको उद्देश्य, नेजाका योजना एवं समुदाय र पत्रकारितालाई जोड्न नेजाको भूमिकाका सन्दर्भलाई जोडेर आफ्ना धारणा राखेका थिए । अध्यक्ष भण्डारीले नेजा उत्तर अमेरिकामा रहेका पत्रकारहरूको संस्था नेजा भएकाले समुदायको आवश्यकतालाई मध्यनजर गर्दै नेजाले आफ्नो योजना तथा कार्यक्रम अगाडि बढाएको बताए । यसैगरी, नेजाका महासचिव बाबुराम दाहालले नेजाले समुदायमा भएका कार्यक्रम एवं गतिविधिका बारेमा प्राप्त समाचार एवं समुदायलाई आवश्यक पर्ने सूचना नेजाले अमेरिकाबाट प्रकाशन हुने सबै सञ्चारमाध्यमलाई उपलब्ध गराउने गरेको बताए । महासचिव दाहालले समुदायमा गरिने गतिविधिका बारेमा विस्तृत जानकारी समेटेर नेजालाई उपलब्ध गराउन समेत आग्रह गरेका थिए ।
यसैगरी, कार्यक्रममा बोल्दै नेपाल सरकारका पर्यटन प्रवर्धक गोकुल श्रेष्ठले सन् २०२४ मा १२ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष रहेको बताए । साथै, अमेरिकामा बसेर नेपाललाई नेपाली आँखाले होइन अमेरिकी आँखाले हेर्न आग्रह गर्दै आफू र आफ्ना सन्ततिलाई छुट्टीको समयमा नेपाल जाने वातावरण मिलाउन समेत आग्रह गरे ।
सो अवसरमा बोल्दै प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सञ्जय थापाले निष्पक्ष पत्रकारिताकाे आवश्यकतामा जोड दिँदै प्रवासमा रहेका पत्रकारहरूले गैर आवासीय नेपालीलाई नेपाली नागरिकताको निरन्तरताका बुलन्द आवाज उठाउनुपर्ने बताए । यस्तै, नेपाली जनसम्पर्क समिति, अमेरिकाका अध्यक्ष आनन्द विष्टले लोकतन्त्रमा लागि प्रेस स्वतन्त्रता अनिवार्य रहेको बताउँदै समुदायका गतिविधि मिडियामार्फत आम जनसमुदायमा पुर्याउन मिडियाले खेलेको भूमिकाको प्रशंसा गरे ।
यसैगरी, अधिकारकी निर्देशक नबर्दा क्षेत्रीले व्यक्ति र संस्था हेरेर भन्दा कामका आधारमा रिपोर्टिङ गर्न र निष्पक्षता देखाउन पत्रकार समक्ष आग्रह गरे । यस्तै, एनआरएनए अमेरिका उत्तर-पूर्व क्षेत्रीय संयोजक आङ छिरिङ शेर्पाले सकारात्मक प्रभाव पार्ने समाचार सामग्री सम्प्रेषण गर्न विशेष जोड दिए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य तथा फोनिजका पूर्व अध्यक्ष मोहनसिंह लामाले वातावरणीय संकट अहिलेको मुख्य समस्या भएको हुँदा पत्रकारले यस विषयलाई महत्त्व दिएर समाचार सामग्री प्रकाशन एवं प्रसारण गर्न अनुरोध गरे ।
यसैगरी, नेजाका सदस्य कल्पना घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेजाका उत्तर-पूर्व क्षेत्रीय संयोजक सुपेन्द्र बस्नेतले नेजाको म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा मे २५ र २६, २०२४ हुने १७ औं साधारण सभाका बारेमा जानकारी दिँदै सबैलाई निमन्त्रणा गरेका थिए ।
नेजाका उपाध्यक्ष सुजन पण्डितको धन्यवाद मन्तव्य रहेको कार्यक्रममा नेजाका सल्लाहकार मच्छे देवी गुरुङ, नेजाका पश्चिम क्षेत्रीय संयोजक रोशन अधिकारी, पत्रकारहरू लोकमणि राई, मोहनसिंह लामा, प्रमिला गौचन, सुनिता कोइराला, सन्तोष शर्मा, किरण पाण्डे, बद्री गौतमलगायतले आफ्ना भनाइ राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
राजदूत खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार