बालबालिकालाई तेजिलो बनाउन तेक्वान्दो
नेपालबहस संवाददाता
बैशाख २५, २०८१ मंगलबार १४:७:११
♦ राधिका बुढाथोकी
२५ वैशाख, सिन्धुली । रातको अँध्यारोले बिहानीको उज्यालो नहुँदै झिसमिसेमा होस् वा बेलुका डुब्दै गरेको पहेँलो घामले साँझसँगै गोधुलीलाई नदेख्दै सिन्धुलीको लोकतान्त्रिक चौरमा बालबालिकाहरू उफ्रिरहेका हुन्छन् । दैनिक बिहान बेलुकाको समयमा उत्साहका साथ उनीहरू तेक्वान्दो खेल सिकिरहेका भेटिन्छन् ।
खेलले बालबालिकाको सर्वाङ्गीण विकासमा सहयोग गर्ने भएकाले शिक्षित अभिभावकले आफ्ना बालबालिकालाई सानै उमेरदेखि तेक्वान्दो खेलको अभ्यास गर्न पठाउने गरेका छन् । जिल्ला भित्रैका कतिपय ठाउँका बालबालिकाले प्रशिक्षकको अभावमा शुल्क तिरेर पनि तेक्वान्दो खेलको अभ्यास गर्न पाएका छैनन् ।
खेलमा विशेष रुचि भए पनि विभिन्न समस्याका कारण खेल अभ्यास गर्न पाउने अवसरबाट वञ्चित छन् । तर सिन्धुलीको सदमुकाम सिन्धुलीमाडी क्षेत्रका बालबालिकाले दैनिक निःशुल्क तेक्वान्दो खेलको अभ्यास गर्न सक्छन् । यो अवसर यहाँका बालबालिकाले ३३ वर्षदेखि पाइरहेका छन् ।
कमलामाई नगरपालिका–४ धुराफाँटकी तुलसा श्रेष्ठ यो अभ्यासमा दुई वर्षअघिदेखि नियमित सामेल छिन् । बिहान सबेरै घरमा मनतातो पानी पिएर तेक्वान्दो खेल अभ्यासमा निस्कन्छिन् । जनज्योति माध्यमिक विद्यालय, फोस्रेटारमा माध्यमिक तहको शिक्षा प्राप्त गरिरहनु उनी बेलुका विद्यालयबाट पढेर घर फर्केपछि सोही कार्य दोहोर्याउछिन् ।
चौरमा पुगेर आफू जस्तै साथीहरूसँग दौडन्छिन् । टाउको, आँखा, मुख, घाँटी, औँला, नाडी, कुम, कम्मर, हिप, गोडा र पैतलाको व्यायाम गर्छिन् । खेलमा साइज स्ट्रेच, किक एक्सरसाइज लगायत खेलाडीको स्तरअनुसार सत्रुको कल्पनामा गरिने आत्मारक्षाको स्टेपहरु हुन्छन् । उनले यो अभ्यासका लागि बिहानको दुई घण्टा र बेलुकाको दुई घण्टा छुट्याएका छन् ।
तेक्वान्दो खेलमा हाफ ब्ल्याक बेल्ड प्राप्त गरिसकेकी श्रेष्ठ खेल अभ्यासले आफ्नो क्षमता विकासमा सहयोग गरेको बताउँछिन् । उनी भन्छिन्, “खेल अभ्यासले खेलाडी मात्रै बनाउँदैन, असल खानपानको अभ्यास गराउँछ । समग्रमा असल नेतृत्व क्षमता भएको व्यक्तित्व निर्माण र अनुशासित बनाउन मद्दत गर्दछ । सानातिना आक्रमणलाई प्रतिकार गरेर अगाडि बढ्ने समर्थ प्रदान गर्दछ ।”
खेल अभ्यास गर्ने बालबालिका पढाइबाट बचेको समयमा चौरमै भेला हुन्छन् । राम्रो जीवनशैलीका लागि असल व्यवहारका बारेमा प्रशिक्षकको प्रवचन सुन्ने, खेलको अभ्यास गर्ने र अन्य रचनात्मक र सिर्जनशील काममा केन्द्रित हुन्छन् । यसले खराब आनीबानी भएका साथी र गलत सङ्गतबाट बालबालिकालाई जोगाउन सहयोग पुगेको अभिभावकहरूको भनाइ छ ।
कनपा–७ माझीटारकी आकृति माझिकाअनुसार तेक्वान्दोका प्रशिक्षक (कोच) डम्बर आलेले तेक्वान्दो खेलसँगै असल खानपान, असल जीवनशैली, असल व्यवहार, व्यायाम, आचरण र असल सङ्गतका बारेमा पनि सिकाउँछिन् । उनी भन्छिन्, “अस्वस्थकर खानपान र जीवनशैलीले हामीलाई विभिन्न रोगले च्याप्छ । बिहान सबेरै उठ्ने, नियमित व्यायाम गर्ने, स्वस्थकर र सन्तुलित खानेकुराहरू मात्रै खाने र हानिकारक तत्वहरुबाट बच्नु पर्छ ।”
तेक्वान्दोलाई विशुद्ध खेलमात्र नभए स्वस्थ, तन्दुस्त, निरोगी र फुर्तिलो रहने उत्तम व्यायामका रुपमा लिन्छन्, कमलामाई नगरपालिका–७ सिन्धुलीका स्थानीवासी तथा तेक्वान्दो खेलका प्रशिक्षक (कोच) डम्बर आले ।
वि.सं २०४८ देखि सिन्धुलीमा निरन्तर निःशुल्क तेक्वान्दो खेल सिकाउँदै आएका छन् । खेलले स्वास्थ्य स्वस्थ, निरोगी बनाइराख्न र बालबालिकालाई आँटिलो र तेजिलो बनाउने उनी बताउँछन् । उनी भन्छन्, “कसैले कुनै पनि प्रकारको हिंसा गरेमा प्रतिकार गर्न सक्ने क्षमताको विकास गर्दछ । खेलले शारीरिक, मानसिक स्वास्थ्य स्वस्थ राख्न मद्दत गर्दछ । लागुऔषध दुर्व्यसनी र मोबाइल, इन्टरनेटको लतबाट बचाउनसमेत खेलले सहयोग गर्दछ ।”
ध्यान, आत्मरक्षा, आत्मविश्वास, आत्मसम्मान, अनुशासन तथा व्यक्तित्व विकासका लागि बालबालिकालाई तेक्वान्दो खेल अभ्यास गराउन उनी सम्पूर्ण अभिभावकलाई सुझाव दिन्छन् । प्रशिक्षक आलेका अनुसार तेक्वान्दो अभ्यास गरेका बालबालिकालाई खेलको अलवा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, वन रक्षक जस्तो क्षेत्रमा प्रवेश गर्न सजिलो भएको छ ।
राष्ट्रिय खेलकुद परिषदले प्रत्येक विद्यालयमा एक जना खेलकुदका लागि शिक्षक राख्ने नीति लिएको भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको उनको गुनासो छ । कमलामाई नगरपालिकाभित्र रहेका पाँच वटा बोडिङ स्कुलले भने कार्यान्वयनको सुरुआत गरेका छन् । “तीनै तहका सरकारले खेल क्षेत्रलाई थप व्यवस्थित र विकाससँगै विस्तार गर्न जरुरी छ”, प्रशिक्षक आलेले भने, “तेक्वान्दो खेलको विकास र विस्तारले देशमा स्वस्थ नागरिक उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।”
उनले हाल २० वर्ष मुनिका ५० जनाभन्दा बढी बालबालिकालाई दिनहुँ निःशुल्क तेक्वान्दो सिकाइरहेको छ । अभिभावक अनिता तामाङ तेक्वान्दो खेल तालिममा जान थालेपछि आफ्नो छोरीमा धेरै परिवर्तन आएको बताउँछन् । उनी भन्छन्, “खेलले बालबालिकालाई हरेक क्षेत्रमा सबल र सक्षम बनाउन सहयोग गरेको छ । असल खानपान, असल व्यवहार र अनुशासित बन्न पनि प्रेरित रहेको छ ।
निःशुल्क तेक्वान्दो सिक्ने अवसरको बढी लाभ बालिका तथा किशोरीहरूले लिन पाएका छन् । पहिला तेक्वान्दो खेलको अभ्यास गर्ने बालक र किशोर मात्रै हुने गर्दथे । खेलबाट आफ्नो आत्मारक्षा आफैंले गर्न सक्ने क्षमताको विकास हुने बुझाई जनमानसमा विस्तार हुँदै गएकाले पछिल्लो समय तेक्वान्दो अभ्यासमा बालिका र किशोरीको उल्लेखनीय सहभागिता देखिन थालेको छ ।
बालबालिका मात्रै होइन, मोटोपनाबाट ग्रसितहरुले पनि तेक्वान्दोको सहारा लिएर शरीरलाई सन्तुलनमा राख्न थालेका छन् । सिन्धुलीगढी तेक्वान्दो दोजाङ र जिल्ला तेक्वान्दो सङ्घका अनुसार हाल जिल्लाभर चार सय तेक्वान्दोका खेलाडी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षकलाई दिन कटाउनै मुस्किल !
जेठ ४, २०८१ शुक्रबार
नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार