कोशीमा ३० दिन कट्यो, के हुन्छ मुख्यमन्त्री कार्कीको अडान ?
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार ११:३५:२७
२६ वैशाख, विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने समय सकिएको छ । अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर, नेपालको संविधान २०७२ को धारा १६८ (५) बमोजिम नियुक्त मुख्यमन्त्रीका विरुद्ध दुई वर्षसम्म अविस्वासको प्रस्ताव ल्याउन नपाइने व्यवस्था बमोजिम राजीनामा नदिने अडानमा छन् ।
नेकपा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि समय ३० दिन पुगेको छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत लिनु नपर्ने अडान राख्दै ३० दिनको समय गुजारेका हुन् । प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरे असंवैधानिक हुने र त्यसका विरुद्ध आफू सर्वाेच्च अदालत जाने मुख्यमन्त्री केदार कार्कीले बताए ।
२६ चैतमा समर्थन फिर्ता लिएका एमाले माओवादी केन्द्रले अल्पमतमा परेको ३० दिन भित्र विश्वासको मत लिनका लागि ७ वैशाखमा प्रदेश सभाबाट संकल्प प्रस्ताव नै पारित गरेका थिए । संकल्प प्रस्ताव पारित भए पनि मुख्यमन्त्रीले वास्ता गरेनन् । मुख्यमन्त्री कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि स्वतः पदमुक्त भएको प्रदेशका प्रतिपक्षी दलको दाबी छ ।
कार्कीले विश्वासको मत नलिएर समय गुजारेपछि प्रदेश प्रमुख पनि अन्योलमा परेका छन् । मुख्यमन्त्रीले विश्वासको मत नलिएपछि कोशी प्रदेशमा नयाँ सरकार गठन आह्वान गर्ने कि नगर्ने भन्ने दुविधा उत्पन्न भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्दा सर्वाेच्च अदालतको संवैधानिक इजलासको व्याख्यालाई यतिबेला अगाडि ल्याइएको छ । यो अनुसार केदार कार्की स्वतः पदमुक्त भएकाले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले तयारी गर्नुपर्ने विपक्षीको माग छ ।
प्रदेश प्रमुख संविधानको धारा १६८ को उपधारा ५ अनुसार अघि बढ्ने गरी परामर्शमा छन् । नेकपा एमालेले भने उपधारा २ अनुसार अघि बढ्न सुझाव दिएको थियो । काठमाडौंमा रहेका प्रदेश प्रमुख पर्शुराम खापुङ आज बिहान विराटनगर पुगेका छन् । अब वर्तमान मुख्यमन्त्रीलाई कायममुकायमको जिम्मेवारी दिएर नयाँ सरकार गठनका लागि आह्वान गर्ने उनको तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशको एक अर्ब ३१ करोड बेरुजु
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
न्यायाधीश सुवेदी र शर्माको इजलासमा पर्यो कोशी सरकारविरुद्धको रिट
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
दिल्लीको तापक्रम ४९.९ डिग्री सेल्सियस, पानीको अभाव हुन सक्ने चेतावनी
जेठ १६, २०८१ बुधबार
सुर्खेतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, दुई घाइते
जेठ १७, २०८१ बिहिबार
घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा
जेठ १७, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १७, २०८१ बिहिबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ १७, २०८१ बिहिबार
भीमफेदीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु
जेठ १६, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेशसभाः संसदीय दलका नेताको आधिकारिकतामा विवाद
जेठ १६, २०८१ बुधबार