पालैपालो प्रधानमन्त्री बन्ने कुरा भएकै थिएन, प्रायोजित हौवा फिजाइयोः यादव
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार १३:३९:१७
२६ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको सत्ता समीकरण भत्काएर शेरबहादुर देउवा, माधव नेपाल र म पालैपालो प्रधानमन्त्री बन्ने भन्ने कुरा प्रायोजित भएको बताएका छन् । उनले प्रायोजित हौवा फैलाएर समीकरणका नाममा आफ्नो पार्टी बिभाजन गराउने काम भएको उनले बताएका छन् ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले नयाँ दल दर्ता असंवैधानिक भएको बताए । प्रचण्ड नेतृत्वको सरकार ढालेर प्रधानमन्त्री बन्ने भन्ने निधार हल्ला चलाइएको र यसको वास्तविकता कुनै दिन खुल्ने बताए । यादवले प्रधानमन्त्रीलाई समेत भ्रममा पारेर आफ्नो दल फुटाइएको दाबी गरे । आफ्नो दलबाट फुटेर अशोक राईको नेतृत्वमा गठन भएको नयाँ दल जनता समाजवादी पार्टी अवैधानिक भएको उनले दाबी छ ।
उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादव अमेरिका भ्रमणमा रहेका बेला जसपा फुटेको थियो । अशोक राईको नेतृत्वमा नयाँ दल निर्वाचन आयोगमा दर्ता भएको छ । कांग्रेस र एकीकृत समाजवादीसँग मिलेर नयाँ सरकार बनाउन खोजेको हल्ला गलत भएको उनले दाबी गरे । यो सरकार बनेदेखि कांग्रेसका कसैसँग भेट समेत नभएको भन्दै यादवले भने, ‘यो सरकार ढालेर अर्को सरकार बनाउँदैछ भन्ने अत्यन्त कपोल्कल्पित हल्ला थियो । त्यस किसिमको कुनै आवश्यकता पनि थिएन, प्रयास पनि थिएन ।’
आफू देश बाहिर रहेको बेला दल फुटाउन प्रधानमन्त्रीलाई भ्रममा परेको महसुस भएको उनले बताए । अमेरिकाबाट फर्किएलगत्तै प्रधानमन्त्रीलाई भेटेका यादवले भने, ‘जुन हौवा फिजाइयो, उहाँ पनि त्यो भ्रममा पारेको भन्ने बुझियो ।’ उनले सरकारलाई दिएको समर्थन कायमै राख्ने बताए । ‘सरकारप्रति निरन्तर समर्थन छ, यो रहन्छ,’ उनले भने, ‘बाँकी कसरी परिस्थिति विकास हुन्छ भन्नेमा निर्भर हुन्छ ।’
उनले सरकारबाहिर गएपछि कांग्रेससँग भेटघाट नै नभएको दाबी गरे । यादवले आफूहरूका कारण राजनीतिक स्थिरता नआउने दाबी समेत गरे । हाम्रै कारणले राजनीतिक अस्थिरता आउँदैन, यादवले भने, पार्टीमा दुईतिहाइ बढी बहुमत हाम्रै छ । संसदीय दलमा बहुमत हाम्रै छ । उनले सरकारलाई समर्थन कायम रहेको बताउँदै बाँकी कोर्ष कसरी जान्छ भन्ने आफ्नो हातमा नरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिम प्रदेशसभाः संसदीय दलका नेताको आधिकारिकतामा विवाद
जेठ १६, २०८१ बुधबार
महिलाले राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
जेठ १६, २०८१ बुधबार
आरोही भनेपछि आफ्नै परिवारको सदस्यजस्तो लाग्छ : प्रधानमन्त्री दाहाल
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
दिल्लीको तापक्रम ४९.९ डिग्री सेल्सियस, पानीको अभाव हुन सक्ने चेतावनी
जेठ १६, २०८१ बुधबार
भीमफेदीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु
जेठ १६, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेशसभाः संसदीय दलका नेताको आधिकारिकतामा विवाद
जेठ १६, २०८१ बुधबार
महिलाले राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
जेठ १६, २०८१ बुधबार
१६ जिल्लाका सीडीओसहित गृहका २५ जना सहसचिवको सरुवा (सूचीसहित)
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार